मुद्वि – खोङमाडिङ पदमार्गको गरियाे उद्घाटन



महाकुलुङ । सोलुखुम्बु छेस्कामको मुद्विदेखि खोङमाडिङ हुँदै सगरमाथा जाने नयाँ पदमार्गको एक समारोहबीच छेस्काममा उदघाटन भएको छ । महाकुलुङ गाउँपालिका ३ वडा कार्यालय र छेस्काम माध्यमिक विद्यालय छेस्कामको संयुक्त आयोजनामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

मुद्धिदेखी खोङमाडिङसम्म ४ क्याम्पसम्म बाटो निर्माण सम्पन्न भइसकेपछी आज उद्घाटन गरिएको हो । कार्यक्रममा छेस्काम मावि छेस्कामको वि.व्य.स. अध्यक्ष बिध्याराज कुलुङको सभाध्यक्ष तथा महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उदघाटनसंगै प्रसिद्व अमेरिकन टेलिभिजन पत्रकार तथा स्टार्ज ड्रामा सिरियलका प्रसिद्व पात्र, लेखक साम हेउगन, फोटो पत्रकार, लेखक तथा सगरमाथा आरोही अमेरिकी नागरिक ज्याक नर्टन र एजुकेसनल कन्सल्टेन्सीको संस्थापक तथा व्यवस्थापक, ट्रेकिङ व्यवसायी तथा स्थानीय पहलकर्ता झनक कार्कीलाई सम्मान गरिएको छ ।

यो समूहले पहिलो पटक विदेशी पर्यटकको रुपमा यो पदमार्ग भएर आम्फुलाप्चा पास गरी सगरमाथा गएर सगरमाथा सर्किटको नयाँ पदमार्ग प्रयोग गर्ने भएका छन् । मुद्विदेखी खोङमाडिङसम्मको नयाँ पदमार्गमा भने यसभन्दा अगाडी नै इटालियन नागरिक फेडेरल गाइय राेसीले यात्रा गरिसकेका छन् ।

स्थानीय पहलकर्ता झनक कार्कीका अनुसार डिसेम्बर ६ मा छेस्कामबाट हिडेको टोलीले डिसेम्बर १५ मा ५ हजार ८ सय मिटरको आम्फुलाप्चा पास गरेर छिकुङ पुग्ने कार्यक्रम रहेको छ भने डिसेम्बर १८ मा गोरक्सेपको कालापत्थर हिमाल चढने कार्यक्रम रहेको छ । त्यसको भोलीपल्ट सगरमाथा आधार शिबिर गएर टोली नाम्चेको बाटो भएर फर्किनेछन् ।

सम्बन्धित समाचार