खाँदबारी । चिचिला गाउँपालिकामा हालै मात्र एक भब्य कार्यक्रमको आयोजना गरि चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण गरिएको छ । उक्त पुस्तकको मुख्य आकर्षण थिए कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई ।
गत बर्ष चिचिला गाउँपालिकामा आयोजित अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलनको स्मारिका साहित्यकार ताराबहादुर बुढाथोकीको संयोजन तथा सम्पादनमा यस अघि नै तयार भईसकेको थियो । चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाका अनुसार उक्त स्मारिका संघीय सरकारका महत्वपूर्ण मन्त्रालय हाँकेका मन्त्रीको बाहुलीबाट काठ्माण्डौमा लोकार्पण गर्ने अन्यत्रबाट प्रस्ताव आएको थियो । तर गाउँपालिकाले आफ्नै पालिकामा नै मन्त्री ल्याएर स्मारिका प्रकाशन गर्ने र पालिकाको वस्तुस्थीति पनि देखाउने निर्णय गर्यो ।
कार्यक्रमका लागि अन्ततः कोशी प्रदेश सरकारका मन्त्री राईलाई प्रमुख अतिथी बनाउने भयो । मन्त्री राईलाई स्थानीय झाँकी तथा पञ्चेबाजा सहित भब्य स्वागत गरियो । ठाउँ ठाउँमा स्वागतका ब्यानरहरु तथा स्वागतद्वारहरु पनि निर्माण गरिएको थियो । मन्त्री राई नेपाली कांग्रेसबाट निर्वाचित भएकोले चिचिला गाउँपालिका स्थीत नेपाली कांग्रेस तथा कांग्रेसका भातृ संगठनहरुले पनि मन्त्री राईको स्वागतमा मेहेनत गरे ।
कार्यक्रमलाई भब्य बनाउनमा स्मारिका विमोचन त हुँदै हो, त्योसँगै प्रदेश सरकारका महत्वपूर्ण मन्त्रालय हाँकिरहेका मन्त्री राईलाई अधिक लागतका योजना माग गर्नु पनि प्रमुख थियो । यस अघि मन्त्रालय धाउँदा धाउँदा भनेजस्तो योजना नपाएका चिचिलाका जनप्रतिनिधिहरुले मन्त्रीलाई आफ्नै पालिकामा ल्याएर वडा तहदेखिका सवै जनप्रतिनिधि र जनताहरुसँग प्रत्यक्ष भेट गराई ठुला योजनाहरुका लागि बजेट माग गर्नु थियो । साविक दिदिङ र मत्स्यपोखरी गाविस तिरका दुई खोलाहरुमा मोटरेबल पुल निर्माणका लागि बजेट खोजिरहेका चिचिला सरकारले मुख्यतः यीनैका लागि मन्त्री राईलाई बजेट माग गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री राईले पहाडी तथा हिमाली जिल्लाको स्थानीय सरकारको अवस्था आफुलाई पुरै थाहा भएको बताए । मन्त्री राई खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् । २०७४ मा पालिका अध्यक्ष पदमा निर्वाचित राईले आफु चिचिला गाँउपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको नम्बरी रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री राईले भने, ‘पासाङ जीले एक दुई वटा ठुला आयोजनाहरुका लागि बजेट हाल्दिनु पर्यो भन्नुभएको छ, म उहाँले भनेको बाहेक एउटा थपेर आगामी बर्ष योजना हालिदिनेछु ।’
चिचिला गाउँपालिकाले विभिन्न मन्त्रालयमा पेश गरेको योजनाहरुको चाङ ठुलै रहेको चिचिला गाउँपालिका भौतिक पुर्वाधार विकास समिति संयोजक राजेन्द्र घलेले बताए । माग गरिएको योजनाहरु मध्ये केहिको प्रकृया अघि बढिसकोको मन्त्री राईले बताए । कार्यक्रममा वडा तथा विभिन्न समुहहरुबाट समेत माग पत्र मन्त्री राईलाई पेश गरिएको थियो । प्राप्त भई आएको मागहरु सवै पुरा नभए पनि प्राथमिकताको आधारमा बजेट उपलब्ध गराउने मन्त्री राईले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री राईको यो प्रतिबद्धतापछि पालिकावासीले खुसी ब्यक्त गरेका छन् । केहिले भने ‘झुटो आश्वासन’ भनेर प्रतिकृया दिएका छन् । अन्य नेताहरुले पनि विगतमा यस्तै आश्वासन दिएर बजेट नदिएको भन्दै खुसी हुने अवस्था नरहेको बताएका छन् ।
प्रतिक्रिया