रामेछापको लिखुभुजीलाले जित्यो ४६ औं हाङथुम कपको उपाधि



सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा सम्पन्न ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधि लिखुभुजी युवा क्लवले.हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको सृजना युवा क्लव धरानलाई रामेछापको लिखुभुजीले १–० को गाल अन्तरले पराजित गरेको हो ।

दोस्रो हाफको ३४ मिनेटमा लिखुभुजीका करण मगरले गरेको गोल निर्णायक बन्न पुग्यो । पेनाल्टीलाई सदुपयोग गर्दै मगरले गरेको गोलले लिखुभुजी विजयी बनेको हो । उपाधि सँगै लिखुभुजीले नगद दुई लाख २० हजार २ सय २२ रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुजना युवा क्लवले नगद एक लाख १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।

म्यान अफ द म्याच लिखुभुजीका टिम क्यापेन अनिल तामाङ घोषित भएका छन् । सवोत्कृष्ठ खेलाडि सृजना युवा क्लव धरानका नगेन राईले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । त्यसैगरी उत्कृष्ठ गोल रक्षक लिखुभुजीका मिलन श्रेष्ठले नगद ५ हजार र सर्वाधिक गोलकर्ता चुलाचुलीका स्पोटिङ क्लबका तिर्थ बस्नेत र लिखुभुजी मविच लिम्बुले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हाङथुम कप पुरुष फुटबल प्रतियोगितामा सृजना युवा क्लव धरान, लिखु भुजि रामेछाप युवा क्लव रामेछाप, डाडाँ बजार युवा क्लव धनकुटा, चुलाचुली स्पोटिङ क्लव झापा र सङ्खुवासभाका न्यू युवा क्लव आँखीभूई, मिरमिरे युवा क्लव तामाफोक, एभान्स क्लव मानेभञ्याङ, आयोजक हाङथुम क्लबको सहभागिता रहेको आयोजकले जनाएको थियो ।

सम्बन्धित समाचार