संखुवासभाको ज्यवस्यारीले जित्यो तेस्रो आर्चरी प्रतियोगिताको उपाधि



संखुवासभा । संखुवासभाको खाँदबारीमा सम्पन्न तेस्रो आर्चरी प्रतियोगिताको उपाधि भोटखोलाको ज्यवस्यारी ङाप्ताक छिघुलुङ टिमले जितेको छ ।
खाँदबारी रंगशालामा आइतबार भएको फाइनल प्रतिस्पर्धामा ४९ सय ५० अंक ल्याउँदै ज्यवस्यारीले उपाधि जितेको हो ।

किमाथांका टिम ४६ सय ९० अंक ल्याएर उपविजेता बनेको छ । विजेता ज्यवस्यारीले १ लाख ६ हजार र उपविजेता किमाथांकाले ५६ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा पिबु टिमका विकास भोटे म्यान अफ द म्याच घोषित भए ।

३० मिटर स्टान्डर्ड विधामा प्रतिस्पर्धा भएकामा प्रत्येक टिमका ६ खेलाडीले हरेक प्रतिस्पर्धामा २ पटक खेल्ने मौका पाएका थिए । त्यसैको अंकका आधारमा विजेता घोषणा गरिएको थियो ।

प्रतियोगितामा पिबु टिम तेस्रो भयो भने भोटखोला आर्चरी संघ चौथो भएको थियो । जिल्ला आर्चरी संघले २१५२ औं ग्याल्पो ल्होसारको अवसरमा खेल आयोजना गरेको हो ।

विशेष गरी भोटखोला गाउँपालिकामा बसोबास गर्ने भोटे जातिको परम्परागत खेल आर्चरी भएकाले संस्कृति संरक्षणका लागि आयोजना गरिएको अध्यक्ष पासाङ भोटेले बताए । प्रतियागितामा ९ टिम सहभागी थिए ।

सम्बन्धित समाचार