मकालु हिमालकी कान्छी आरोही किपाल्हामु खाँदवारीमा सम्मानित



संखुवासभा । विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहन गर्ने कान्छो आरोही किपालामु शेर्पा सम्मानित भएकी छिन् । २८ वर्षीय शेर्पा मकालु २ नुर्पु गाँउकी हुन् । उनलाई मकालु गाउँपालिका वडा नम्बर २ ले मंगलवार सदरमुकाम खाँदवारीमा गरेको हो ।

उनले अप्रिल १० अर्थात चैत २८ गते विहिवार मकालु हिमालको सफल आरोहण गरेकी थिइन । ८ हजार ४ सय ८५ मिटर अग्लो हिमाल चढ्ने पहिलो नेपाली महिला भएको वडाध्यक्ष छोपाल शर्पाले बताए । उनलाई जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, संखुवासभाका राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगायतले खादा र सम्मानपत्रले सम्मान गरेका हुन् ।

एक वर्ष अघि ४५ दिन वेश क्याम्पमा बसेर अनुभव संगालेपछी यो पटक मकालु आरोहन गरेको उनले बताइन । उनीसँगै ९ सदस्यीय टोलीले मकालु आरोहण गरेको थियो । टिम संयोजक मकालु लाक्पा शेर्पाका अनुसार हिमाल आरोहनको खर्चको व्यवस्थापन सेभेन सवमिट ट्रेक्स ले गरेको थियो । कार्यक्रमको सहआयोजक प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघ संखुवासभाले गरेको थियो ।

सम्बन्धित समाचार