खाँदबारी । मकालु गाउँपालिका ५ नुमबजार र डांडागाउँको पेट्रोल पम्प बिचको टर्निङमा गाडी दुर्घटना हुँदा २ जना यात्रु घाईते भएका छन् ।
खांदबारीबाट गोला तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ २ च ४६७१ नम्बरको बोलेरो गाडी सनिबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा भोटखोलाका थोङा लामाको घँुडामा चोट लागेको छ भने भोटखोलाकै आङछिरिङ भोटेको टाउको ठोकिएको स्थानीय रेडियो सांग्रीला एफ एमले जनाएको छ । थोङा लामाले दुर्घटना हुन लागेको गाडीबाट हाम फाल्दा घाईते भएका थिए भने आङछिरिङको गाडीको झ्यालमा टोउको ठोकिएको थियो ।
लामाको नुम प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार गरिएको छ भने भोटेको टाउकोमा भित्रि चोट हुन सक्ने भएकोले ठुला अस्पताल पठाईएको स्थानीय प्रहरीले जनाएको छ ।
सडकको नालिमा झण्डै खसेको गाडी किनारमा अडिएर थप क्षति हुनबाट बचेको छ ।
तस्विरः रेडियो सांग्रीला


प्रतिक्रिया