खाँदबारी । उर्जा, जलश्राेत तथा सिँचाई मन्त्री दीपक खड्का गृह जिल्ला संखुवासभाकाे विभिन्न कार्यक्रमहरुमा सहभागि भई आईतबार काठ्माण्डाै फर्किनुभयाे । जिल्ला बसाईकाे क्रममा मन्त्री खड्का सहितकाे सर्वदलीय बैठककाे आयाेजना गरिएकाे थियाे ।
नेपाली कांग्रेसकाे संयाेजनमा आरती होटलमा आयाेजित बैठकमा सवै दलका प्रमख तथा प्रतिनिधिहरुले समसामयिक विषयमा चासाे सहित भनाईहरु राखेका थिए । सबै दलका प्रतिनिधिहरुकाे चासाे, जिज्ञासा र सुझावहरुलाई मन्त्री खड्काले सम्बाेधन गर्नुभएकाे थियाे ।
जनता समाजवादी पार्टीका नेता सिताराम तिम्सिनाले मन्त्री खड्का माथी लागेकाे केहि आराेपहरुकाे बारेमा चासाे राख्नुभएकाे थियाे । विद्युत प्राधिकरणका तत्कालिन एम्डि कुलमान घिसिङलाई हटाउने, स्काउट बिवाद लगायतका बारेमा चासाे राख्नुभएकाे थियाे । त्यस्तै, हालकाे सरकारले संविधान संशाेधनकाे कुरा गरेकाे तर हालसम्म कुनै कार्य सुरु नगरिएकाे बारे पनि जिज्ञासा राख्नुभएकाे थियाे । संखुवासभाकाे भाेटखाेलामा रहेकाे बरुण नदिमा स्थानीयकाे बिराेधकाे बावजुत पनि जबरजस्ति विद्युत निर्माण गर्न लागेकाे बारेमा ध्यानाकर्षण गराउनुभयाे ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रमाेदले पनि बरुण नदिमा विद्युत बन्न दिन नहुनेमा जाेड दिनुभयाे । जलविद्युत निर्माण कम्पनीले शक्तिकाे दुरुपयाेग गरेर जबरजस्ति गर्न खाेजेकाे उहाँले बताउनुभयाे । हाल निर्माणाधिन अरुण तेश्राेले वितरण गर्ने शेयर, अपर अरुण निर्माणकाे अवस्था लगायतकाे बारेमा जिज्ञासा राख्नुभएकाे थियाे ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का ईन्द्रकुमार कार्कीले जिल्लामा निर्माण गरिएकाे निगुरे हाईड्राेपावर जलविद्युत आयाेजनाकाे हाईटेन्सनकाे मुआब्जा दिईएकाे तर त्यस क्षेत्रबाट नलगि अस्तब्यस्त बनाईएकाे प्रति ध्यानाकर्षण गर्नुभयाे । त्यस्तै लेगुवादेखि चतरासम्मकाे सडक खाेल्ने कार्यकाे अवस्थाकाे बारेमा जिज्ञासा राख्नुहुँदै मन्त्री खड्काकै कार्यकालमा सम्पन्न हुने गरि काम गर्न अनुराेध गर्नुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भक्त नारायण श्रेष्ठले जिल्लामा भ्रष्टाचार, बेथिति बढ्दाे रहेकाे बताउनुभयाे । मालपाेत लगायतका विभिन्न कार्यालयहरुमा घुसखाेरी माैलाएकाे तर घुस लिनेले समेत सार्वजनिक रुपमा बाेल्न नचाहेकाे पाईएकाे बताउनुभयाे । विभिन्न बाहाना बनाएर ढिलासुस्ति गरि अतिरिक्त रकम सेवाग्राहिले तिर्नु परेकाे श्रेष्ठले बताउनुभयाे ।
निर्वाचनकाे समयमा जनतासँग राखेका बाचाहरु कत्ति पुरा भए वा बाँकी रहेकाे बारेमा जिज्ञासा राख्नुभयाे । जनताकाे आवाज तथा मागहरुकाे सुनुवाई गर्ने संयन्त्रकाे बारेमा समेत जिज्ञासा राख्नुभयाे ।
नेकपा माओवादी केन्द्रका नेता दिब्य बरालले जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय, सर्वपक्षीय बैठकले गरेकाे निर्णय कार्यन्वयन गर्नु पर्ने बताउनुभयाे । उक्त बैठकले तुम्लिङटार विमानस्थलमा पेट्राेलियम पदार्थकाे डिपाे राख्ने, जहाज उडान नियमित गर्नका लागि राडर राख्नु पर्ने, किमाथाङ्का नाका, भन्सार र सडक पहुँचलाई उच्च प्राथमिकतामा राख्नु पर्ने लगायतका निर्णयहरु गरिएकाे थियाे ।
संखुवासभामा थुप्रै जलविद्युत आयाेजनाहरु बन्ने क्रममा रहेकाे तर त्यस्ता आयाेजनाहरुकाे ड्याम फुट्न गए त्यसले निम्त्याउने खतराकाे बारेमा अध्ययन नगरिएकाे प्रति बरालले ध्यानाकर्षण गराउनुभयाे । यस अघि मन्त्री खड्काले नै बताउदै आउनुभएका न्युन आयश्राेत भएका जनताहरुकाे ५ लाख रुपैयाँसम्मकाे शेयर लगानीकाे बारेमा हाल भईरहेकाे प्रगतिकाे बारेमा जिज्ञासा राख्नुभयाे ।
नेकपा एमालेका नेता खड्गबहादुर राईले हाल नेपाली कांग्रेस र एमाले सत्ता साझेदार रहेकाेले अन्य दलका नेता तथा जनताले राखेकाे माग तथा सुझावहरुलाई दुवै दल मिलेर सम्बाेधन गर्नु पर्ने बताउनुभयाे । पछिल्लाे समय उर्जा उत्पादन बढ्दाे रहेकाे र जिल्लाकाे खपत पनि बढ्दाे रहेकाे बताउनुहुँदै दुर्गम गाउँबाट बिल तिर्न जिल्ला सदरमुकाम आउन झन्झटिलाे रहेकाेले स्थानीय स्तरमा नै तिर्ने ब्यवस्था मिलाउनु पर्ने बताउनुभयाे । त्यस्तै महशुल शुल्क पनि पुनर्विचार गर्नु पर्ने बताउनुभयाे । उर्जा उत्पादनमा संखुवासभाकाे याेगदान बढि नै रहेकाे बताउनुहुँदै जिल्लामा निर्माणाधिन आयाेजनहरुकाे निर्धारित समयमा नै सम्पन्न गराउन मन्त्रीले भुमिका खेल्नु पर्ने बताउनुभयाे ।
बहुप्रतिक्षित अपर अरुण निर्माणकाे लागि विश्व बैंककाे लगानी बारे नेपाल पक्ष नै सकरात्मक नरहेकाे सुनिन आएकाे बताउनुहुँदै यसमा मन्त्रीकाे विशेष चासाे रहनु पर्ने बताउनुभयाे । विद्युतकाे अन्तरदेशीय प्रसारण लाईन दक्षिणीदेशहरुमा मात्र नभएर उत्तरी छिमेकी देश तर्फ पनि विस्तार गर्नु पर्ने बताउनुभयाे ।
संखुवासभाकाे सवै पालिकाहरु जिल्ला सदरमुकामसँग सडक सञ्जालले जाेडिए पनि सिलिचाेङ गाउँपालिका हालसम्म पनि जाेडिन नसकेकाे बताउनुभयाे । अरुण नदिहरुमा बन्नु पर्ने पुलहरु हालसम्म पनि नबन्दा सिलिचाेङ फरक जिल्ला जस्ताे हुन गएकाेले अरुण नदिमा पुल निर्माणलाई महत्वका साथ हेरिनु पर्ने बताउनुभयाे । हेलुवाबेँशी– बुम्लिङ विचकाे छब्बिसे पुल, पुखुवा दाेभानमा पुल निर्माण गर्नका लागि बाेलपत्र आव्हान गर्दा पनि कसैले ठेक्का लगाउन नआएकाे नेता राईले उल्लेख गर्नभयाे । सिलिचाेङ प्रवेशकाे लागि मानेभञ्ज्या, चन्दनपुर, सिम्ले, बर्देउ, बिर्सुवा हुँदै सिलिचाेङकाे माङ्तेवा निस्केर पालिकाकाे केन्द्र ताम्कु जाेड्ने रुट महत्वपूर्ण रहेकाेले त्यसलाई समेत महत्व दिनु पर्ने बताउनुभयाे । सडककाे स्तरउन्नती र बिर्सुवा स्थित अरुण नदिमा पुल निर्माण कार्य गरिनु पर्ने राईले बताउनुभयाे । संखुवासभा, भाेजपुर लगायतका हिमाली जिल्लाहरुलाई सेवा दिने गरि तुम्लिङटारमा यातायात कार्यालय राख्नु पर्ने बताउनुभयाे ।
नेपाली कांग्रेसका नेता अनन्त गाैलेले मन्त्री खड्काकाे प्रसंशा गर्नुभयाे । चालु आर्थिक बर्षमा मात्र छ अर्ब भन्दा बढि बजेट संखुवासभा भित्रिएकाे उल्लेख गर्नुहुँदै आगामी दिनहरुमा समेत यसलाई कायम गर्नु पर्ने नेता गाैलीले बताउनुभयाे । जिल्लामा आएका केहि बजेटहरु फर्किनु दुखद् भएकाे बताउनुहुँदै प्राप्त बजेट कार्यन्वयन गर्न सबै दललाई आग्रह गर्नुभयाे । संखुवासभामा जलविद्युत आयाेजनाहरु बनिरहदा आम नागरिकलाई जलविद्युतबाट नै आर्थिक उन्नती गर्नु पर्ने बताउनुभयाे । अरुण नदि स्थित सतिघाट, भाेजपुर, खुर्काेट हुँदै काठ्माण्डाे जान तराईकाे बाटाे भन्दा छाेटाे पर्ने भएकाेले त्यस रुटकाे सडक उन्नती गर्नु पर्ने बताउनुभयाे ।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले गत बर्ष प्रदेश सरकारबाट जिल्ला अस्पताललाई आउनु पर्ने सिटि स्क्यान मेसिन कटाैती भएकाे स्मरण गराउनुभयाे । यस बर्ष संघीय सरकारबाट काेशी प्रदेशका कुनै एक अस्पतालमा सिटि स्क्यान मेसिन खरिद गर्ने बजेट रहेकाे र उक्त बजेट संखुवासभाकाे जिल्ला अस्पतालमा पार्नका लागि भुमिका खेल्न अनुराेध गर्नुभयाे । ५० बेड भएकाे अस्पतालले मात्र नर्सिङ पढाउन पाउने ब्यवस्था रहेकाेले पछिल्ला समय नर्सिङ स्टाफ पाउन गाह्राे भएकाे बताउनुहुँदै ५० बेडकाे सरकारी अस्पतालले पढाउन पाउने ब्यवस्था गरेर राम्राे हुने बताउनुभयाे । जसकाे लागि ऐन संशोधन गर्नु पर्ने उहाँले बताउनुभयो । संखुवासभाकाे माथिल्लाे भागमा रहेकाे हिमतालहरु फुट्ने उच्च जाेखिम रहेकाेले त्यसकाे ब्यवस्थापनमा बेलैमा लाग्नु पर्ने समेत शाक्यले बताउनुभयाे ।
मन्त्री दिपक खड्काले दलका प्रतिनिधिहरुकाे जिज्ञासा तथा सुझावहरुलाई सम्बाेधन गर्नुहुँदै मतदाता तथा जिल्लावासीकाे शिर निहुरिने कुनै कार्य नगरेकाे र नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । ताेकिएकाे कार्यअवधि भित्र राम्राे काम गरेर, सफल मन्त्रीकाे रुपमा बाहिरिने प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
स्काउटकाे प्रसंगमा स्काउटकाे नेतृत्व फेरिएसँगै लाेभ जागेर दुख दिन थालेकाे बताउनुभयाे । सुरुमा भाडा तिर्न नमिल्ने गरि बैँक खाता राेक्का गरिएकाे थियाे । सम्झाैता बमाेजिम स्काउटकाे जग्गमा आफुले निर्माण गरेकाे ब्यापारिक भवनमा ब्यावसाय गर्नेहरुले ब्यावसाय चलाएकाे र उनिहरुबाट भाडा संकलन गरेर स्काउटलाई सम्झाैता भए बमाेजिम तिर्ने गरेकाेमा बैक खाता नै राेक्का गरेर दुख दिन थालेकाे बताउनुभयाे । त्यत्ति मात्र नभएर १८ महिनासम्म बत्ति समेत काटेकाे उहाँले बताउनुभयाे । यत्ति हुँदाहुँदै पनि नैतिकता र कानुनी प्रकृयाकाे कारण त्यस ठाउँ नछाेडेकाे बताउनुभयाे ।
काेभिडकाे समयमा सरकारले सबै ब्यावसायीहरुलाई ५० प्रतिशत छुट दिनु पर्नेमा त्याे समेत नदिएकाे र हाल मुद्दा प्रकृयामा रहेकाे उहाँले बताउनुभयाे । स्काउटकाे नयाँ नेतृत्व आएपछि राजनितिक प्रतिशाेध साँधेर हुँदै नभएकाे आराेप र प्रचारबाजी गरिएकाे मन्त्री खड्काले बताउनुभयाे । सम्झाैता बमाेजिमकाे शुल्क हिजाे पनि र आज पनि तिर्न तयार रहेकाे उहाँले बताउनु हुँदै प्रचार गरिए जस्ता ठुलाे रकम तिर्न बाँकी नरहेकाे उहाँले बताउनुभयाे ।
प्राधिकरणका एम्डीकाे विषयमा कानुन विपरित कार्य भएकाेले परिवर्तन गर्नु परेकाे मन्त्री खड्काले स्पष्ट पार्नुभयाे । कामकाे गति नमिल्दा उहाँलाई हटाईकाे बताउनुभयाे । हाल नयाँ एम्डि आएर काम भईरहेकाे उहाँले बताउनुभयाे ।
संखुवासभा लगायत अरुण उपत्यका क्षेत्रमा याेगमाया विश्वविद्यालय आउनु ठुलाे कुरा भएकाेले त्यसकाे विकासमा लाग्न सबै दलहरुलाई आग्रह गर्नुभयाे । खाँदबारीदेखि किमाथाङ्का जोड्ने काम करिव अन्तिम चरणमा पुगेकाे चर्चा गर्नुहुँदै त्यसकाे स्तर उन्नतीमा लाग्ने बताउनुभयाे । नाका सञ्चालन तथा पुर्वाधार विकासकाे क्षेत्रमा चिनसँग कुरा भईरहेकाे बताउनुभयाे ।
संखुवासभाबाट ५ हजार मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने अवस्थामा जनताले प्रत्यक्ष शेयर पाउने ब्यवस्थाका लागि काम भईरहेकाे बताउनुभयाे । उक्त कार्यकाे लागि निर्णय भईसकेकाे छ, माेडालिटि तयार भईरहेकाे बताउनुभयाे । हाल उर्जा क्षेत्रमा विदेशी तथा स्वदेशी लगानी भित्र्याउने वातावरण निर्माण भएकाेले उनीहरुलाई स्थानीयले समेत सहजिकरण गर्नु पर्ने बताउनुभयाे । बरुण नदिमा निर्माण हुने भनिएकाे जलविद्यत आयाेजनाकाे बाररेमा केहि बर्ष अघि आफु समक्ष पनि कुरा आएकाे र पुजा स्थललाई अवराेध नहुने गरि निर्माण गर्न सकिने राय दिएकाे बताउनुभयाे ।
आफु मन्त्री भईसकेपछि जिल्लामा अधिकतम् बजेट भित्र्याएकाे मन्त्री खड्काले बताउनुभयाे । याे सबै बजेट कार्यन्वयन हुन सके ठुलाे उपलब्धि हुने भएकाेले कार्यन्वयनमा लाग्न सबै पक्षलाई आग्रह गर्नुभयाे ।


प्रतिक्रिया