संखुवासभा । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले खाँदबारीमा बृहत्त रक्तदान कार्यक्रम गर्ने भएको छ । केन्द्रले भदौ ६ गते शुक्रबार जिल्ला समनन्वय समितिको हलमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएकाे हाे ।
भदौ ६ देखि ९ गतेसम्म ४ दिन देशभर रक्तदान कार्यक्रमको आयोजना गर्ने राष्ट्रिय कार्यक्रम रहेकाे खाँदबारी केन्द्रका प्रमुख रचना आचार्यले जानकारी दिनुभयाे ।
साे अनुसार खाँदबारीमा भदौ ६ गते रक्तदान कार्यक्रम राखिएकाे प्रमुखले जानकारी दिनुभयाे । उहाँका अनुसार रक्तदान कार्यक्रम शुक्रबार विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिनेछ ।
ब्रम्हकुमारी राजयोग सेवा खाँदबारीका प्रमुख आचार्यले ‘रक्तदान जीवन दान’ भएकाले सबैलाई याे पुण्य कर्ममा सहभागी हुन अपिल गर्नुभयाे ।


प्रतिक्रिया