साेलुखुम्बु । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरि निजामती कर्मचारी दिवस मनाएकाे छ । पालिकाले सरसफाई, स्टाेरी टेलिङ लगायतका कार्यक्रमहरुकाे आयाेजना गरि २२ औँ स्थापना दिवस मनाएकाे हाे ।
दिवसको अवसरमा गाउँपालिकाले आईतबार विहान चोक तथा बाटो सरसफाई कार्यक्रम गरिएको थियो । त्यसपछि पालिकाकाे सभाहलमा स्टोरी टेलिङ (कथा भन्ने) प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा कविता आचार्यले प्रथम स्थान प्राप्त गर्नुभएकाे थियाे भने भक्ति विलास पोखरेल र सजिता राईले संयुक्त रुपमा दोस्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै विशाल कुँवर तेस्रो र सुमित्रादेवी राईले चतुर्थ स्थान प्राप्त गरेका छन् ।
निजामति सेवा दिवसकाे अवसरमा पालिका भित्र कार्यरत उत्कृष्ठ कर्मचारी तथा शिक्षकहरुलाई सम्मान समेत गरिएकाे छ । शिक्षकर्फ पेल्माङ आधारभुत विद्यालय पेल्माङमा कार्यरत शिक्षक भीम बहादुर बस्नेत र छेस्काम मावि छेस्कामका प्रधानाध्यापक गुरु प्रसाद राईलाई उत्कृष्ठ शिक्षककाे रुपमा सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ठ कर्मचारीहरु तर्फ अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गतका कर्मचारीहरु, स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्य र आन्तरिक लेखा परीक्षक जीवन राईलाई सम्मान गरिको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयाे ।
“व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ निजामती कर्मचारीहरुले याे दिवस देशभर मनाएका छन् । महाकलुङ गाउँपालिकाले भने आफ्नाे स्थापनाकालयता दाेश्राे पटक याे दिवस मनाएकाे हाे ।


प्रतिक्रिया