खाँदबारीमा मंगलबार ‘कोकाकोला रोड शो’ हुने



संखुवासभा । दशैँकाे अवसरमा खाँदबारीमा मङ्गलबार ‘कोका–कोला रोड शो’ कार्यक्रम हुने भएको छ । विन्डमिल एडभान्टेज प्रालि काठमाडौंको आयोजनामा र खाँदबारी युथ क्लबको सहकार्यमा खाँदबारीकाे टुडिखेलमा हुने कार्यक्रमलाई उत्साहपूर्वक आयोजना गर्ने आयोजकले जनाएका छन् ।

कार्यक्रममा चर्चित गायक अनिल सिंह, चर्चित गायिका सिजासु श्रेष्ठ र संखुवासभाका नवगायक विराट तामाङले प्रस्तुति दिने खाँदबारी युथ क्लबका अध्यक्ष सुरेन शाक्यले जानकारी दिएका छन् । उनीहरूको धमाकेदार प्रस्तुति दशैँको रमाइलोमा थप रौनकता दिने अपेक्षा गरिएको छ । विशेषगरी खाँदबारी र आसपासका दर्शक–श्रोताका लागि यो एक दुर्लभ अवसर हुने अनुमान गरिएको छ, अध्यक्ष शाक्यले भने, लामाे समयपछि राष्ट्रियस्तरका चर्चित कलाकारहरूलाई प्रत्यक्ष सुन्न र हेर्न पाउने छन् ।

खाँदबारी युथ क्लबले स्थानीय युवाहरूलाई संलग्न गराएर कार्यक्रमलाई अझ व्यवस्थित बनाउन लागिपरेको छ । सांगीतिक प्रस्तुति मात्र नभई दर्शकलाई रमाइलो हुने गरी मनोरञ्जनात्मक कार्यक्रमहरू समेत राखिने जानकारी दिइएको छ ।

कोकाकोला रोड शोले यसपटक दशैँमा नयाँ ऊर्जा भर्ने मात्र नभई खाँदबारीलाई सांगीतिक रंगमञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार