बर्दियामा लहलह झुलेका धानको फाँटहरु (तस्बिरहरु)



काठमाडौं । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धानका फाँटहरु निकै मनमोहक देखिएको छ। बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ । विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

सम्बन्धित समाचार