गाउँ शिक्षा याेजना निर्माण गर्दै चिचिला गाउँपालिका



खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकाले गाउँ शिक्षा याेजना निर्माण कार्य सुरु गरेकाे छ । पालिकाकाे शैक्षिक सुधारका लागि याेजना निर्माण कार्य सुरु गरेकाे हाे ।

पहिलाे चरणमा गाउँपालिका भित्रकाे शैक्षिक अवस्थाकाे बिवरण संकलन गरिएकाे चिचिला गाउँपालिका शिक्षा शाखाले जनाएकाे छ । पालिकाकाे प्रत्येक घरका सदस्यहरुकाे शैक्षिक अवस्था, विद्यालय जाने बालबालिकाहरुकाे अवस्था, विद्यार्थीहरुकाे अविभावककाे अवस्था लगायतकाे बारेमा डाटा  संकलन गरि घरधुरी सर्वेक्षण गरिएकाे शिक्षा अधिकृत बासु काेईरालाले जानकारी दिनुभयाे । प्रत्येक वडाका विद्यालयमा कार्यरत शिक्षकहरुलाई आफ्नाे सेवा क्षेत्रकाे समुदायकाे बिवरण संकलन गर्न लगाईएकाे उहाँले बताउनुभयाे । हाल संकलित बिवरण रुजू भईरहेकाे समेत काेईरालाले जानकारी दिनुभयाे । तिहार अगावै प्रतिवेदन तयार गर्ने तयारी रहेकाे समेत अधिकृत काेईरालाले जानकारी दिनुभयाे ।

हाल संकलन गरिएकाे बिवरणबाट तयार भएकाे प्रतिवेदनकाे आधारमा गाउँ शिक्षा याेजना निर्माण गरिने सामाजिक विकास समिति संयाेजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । शैक्षिक सुधारका याेजना बनाई साे अनुसार नीति तथा कार्यक्रम निर्माण गरि बजेट ब्यवस्था गर्नका लागि शिक्षा याेजना निर्माण गर्न लागिएकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले बताउनुभयाे । यस कार्यले शैक्षिक सुधार हुने अपेक्षा गरिएकाे उहाँले बताउनुभयाे ।

सम्बन्धित समाचार