संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु



संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ५ माङमायामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक पुरुषको मृत्यु भएको छ ।

माङमायाका ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएकाे छ । प्रहरीका अनुसार गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब २० मिटर तल खसेका थिए ।

घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उनको उपचारका क्रममा राति करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार