महाकुलुङ गाउँपालिका वडा नम्बर ३ ले बाँड्याे ३ सय १७ थान ब्ल्याङ्केट



खाँदबारी । जाडाे सुरु भएसँगै साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिका वडा नम्बर ३ ले लक्षित ब्यक्ति तथा समुदायलाई ब्ल्याङ्केट वितरण गरेकाे छ । वडाले जेष्ठ नागरिक, अपाङ्गता भएको व्यक्ति, एकल महिला र दलित बालबालिकाहरुलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे ।

चालु आर्थिक बर्षमा वडा स्तरीय कार्यक्रमबाट विनियाेजित ३ लाख ५० हजार रुपैयाँ बजेटबाट वडाका ३ सय १७ जनालाई ब्ल्याङ्केट वितरण गरिएकाे वडा अध्यक्ष दुर्गाबहादुर कुलुङले जानकारी दिनुभयाे । वडाका लक्षित ब्यक्ति तथा समुदायलाई चिसाेबाट बचाउनकाे लागि याे कार्यक्रम राखिएकाे वडा अध्यक्ष कुलुङले बताउनुभयाे ।

न्यून आयश्राेत भएका ब्यक्तिहरुलाई याे कार्यक्रमबाट लाभ मिलेकाे उहाँले बताउनुभयाे ।

सम्बन्धित समाचार