जेन्जी युनाइटेड मुभमेन्टले भोली खाँदबारीमा बिविध कार्यक्रम गर्दै



खाँदबारी । जेन्जी युनाईटेड मुभमेन्ट संखुवासभाले भोली (विहिबार) संखुवासभाको खाँदबारीमा बिविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । जेन्जी युनाईटेडले शान्तिपूर्ण र्याली, सडक नाटक, देशभक्ति गितहरुमा नृत्य लगायतका कार्यक्रमहरु आयोजना गर्ने भएको हो ।

बिहिबार खाँदबारी नगरपालिका–१ स्थित टुडिखेलमा बिहान ११ बजेदेखि र्‍याली सहित कोणसभा आयोजना गरिने मुभमेन्टले जानकारी गराएको छ । गत भदौ २३ र २४ गतेको घटनापछि भएको परिवर्तन सँस्थागत हुन नसक्ने, सहिद, घाईतेको लगायत जेन्जीहरुको सपना पुरा नुहने चिन्ता बढ्दै गएपछि सम्बद्ध सबैको ध्यानाकर्षणको लागि कार्यक्रमको आयोजना गर्न लागिको कार्यक्रमका संयोजक अमृत राईले जानकारी दिनुभयो । जेन्जीहरु पनि फरक फरक समुहमा विभाजित हुँदै गएको अवस्थामा एकताको आव्हानका लागि पनि कार्यक्रम आयोजना गरिएको संयोजक राईले बताउनुभयो ।

जेन्जी युनाईटेड मुभमेन्टले संखुवासभाको अन्य क्षेत्रहरुमा समेत यो कार्यक्रम सम्पन्न गरिसकेको छ । खाँदबारीमा सम्पन्न हुन लागेको कार्यक्रममा सबैको साथ र उपस्थितिको लागि जेन्जी युनाईटेडले आव्हान गरेको छ ।

सम्बन्धित समाचार