फागुन १ देखि ३ गतेसम्म मत्स्यपाेखरी महाेत्सव आयाेजना गरिने



खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिका ४ मा रहेकाे मत्स्यपाेखरीमा महाेत्सवकाे आयाेजना गरिने भएकाे छ । आगामी शिवरात्रीकाे अवसर पारेर फागुन १ देखि ३ गतेसम्म तीन दिन महाेत्सव आयाेजना गरिने भएकाे हाे ।

जिल्लाकै पर्यटकीय गन्तब्यकाे रुपमा रहेकाे मत्स्यपाेखरीकाे प्रचार, स्थानीय उत्पादनकाे विक्रि वितरण, स्थानीय जातजातिकाे साँस्कृतिक प्रवर्धन लगायतका उद्देश्यहरु राखि महाेत्सवकाे आयाेजना गर्न लागिएकाे हाे । चिचिला गाउँपालिका, काेशी प्रदेश सरकार, पर्यटन, बन तथा वातावरण मन्त्रालय र हेल्भेटास नेपालकाे संयुक्त आयाेजनामा महाेत्सवकाे आयाेजना गर्न लागिएकाे हाे ।

महाेत्सवमा खेलकुद कार्यक्रम, स्थानीय जातजातिकाे खानाकाे परिकारहरु (फुड फेष्टिभल), स्थानीय कृषी प्रदर्शनी, स्थानीय जातजातिकाे झाँकी प्रदर्शनी, साहित्यिक कार्यक्रम र साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिनेछ । महाेत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे साँगितिक प्रस्तुति रहनेछ ।

महाेत्सव सम्बन्धि चिचिला गाउँपालिकाकाे प्राङ्गणमा विहिबार आयाेजना गरिएकाे आम भेलाले विभिन्न कार्यहरुकाे समिति बनाई कार्य विभाजन गरिएकाे छ । त्यस्तै, गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाकाे संयाेजकत्वमा मुल आयाेजक समिति समेत गठन गरिने भएकाे । उक्त समितिकाे सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने निर्णय गरिएकाे छ ।

यस अघि ल्हाेसारकाे अवसरमा महाेत्सव आयाेजना गर्ने भनिए पनि छिमेकी पालिकामा समेत उक्त समयमा महाेत्सव आयाेजना हुने भएपछि उक्त मिति तय गरिएकाे हाे ।

सम्बन्धित समाचार