खाँदबारी । नेकपा एमालेकाे आसन्न ११ औँ महाधिवेशनकाे लागि संखुवासभामा प्रतिनिधि निर्वाचन सम्पन्न भएकाे छ । १० वटै स्थानीय तहमा भएकाे मतदानकाे अन्तिम मत परिणाम आईसकेकाे छ ।
मत परिणाम अनुसार संस्थापन (ओली) पक्ष हाबी देखिएका छन् । खुल्ला तर्फकाे ३ जनाकाे काेटामा १२ जनाकाे उमेदवारी परेकाे थियाे । जसमा विदुर सुब्बा, खड्गबहादुर राई, र भविश्वर गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यस्तै महिला प्रतिनिधि तर्फ ३ जनाकाे उमेदवारी रहेकाेमा उर्मिला नेपाल सुवेदी र सुनिता कार्की कटुवाल निर्वाचित भएका छन् । युवा प्रतिनिधि तर्फ पनि ३ जनाकाे उमेदवारी रहेकाेमा फुर्बा शेर्पा निर्वाचित भएका छन् । दलित महिला तर्फ इन्द्र माया बराईली निर्विराेध निर्वाचित भएका छन् ।
निर्वाचित प्रतिनिधिहरु संस्थापन पक्षधर हुन् । हेराैँ, प्रतिनिधि निर्वाचनका उमेदवारहरुले पाएकाे मत परिणाम ।



प्रतिक्रिया