निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता खड्का



खाँदबारी । नेपाली कांग्रेसका नेता पूर्व उर्जा, जलश्राेत तथा सिँचाई मन्त्री दीपक खड्काले हालकाे सरकारले ताेकेकाे समयमा निर्वावचन गर्न नसक्ने दावी गर्नुभएकाे छ । हालकाे सरकार अबैधानिक रहेकाेले  यस सरकारले गर्ने सबै कार्यहरु असंबैधानिक हुने बताउनुभएकाे छ ।

आईतबार गृह जिल्ला संखुवासभामा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेता खड्काले यस्ताे बताउनुभएकाे हाे । हालकाे सरकारलाई निर्वाचन गर्न म्याण्डेड दिईएकाे भए पनि साे काम गर्न सरकार आफै तयार नभएकाे आराेप लगाउनुभयाे । गत भदाै २३ र २४ काे घटनामा संलग्नहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्तिहरु देखिएकाे भए पनि हालसम्म कार्वाहिकाे दायरामा ल्याउन नसकेकाे उहाँले आराेप लगाउनुभयाे । आन्दाेलनकाे क्रममा खाेसिएकाे हातहतियार अझै फिर्ता ल्याउन नसकेकाे अवस्थामा निर्वाचन सम्भव नभएकाे नेता खड्काले बताउनुभयाे । हालकाे सरकार देशलाई निकास दिने पक्षमा नदेखिएकाेले अब संसद पुनर्स्थापनाकाे विकल्प नरहेकाे उहाँले बताउनुभयाे ।

नेता खड्काले सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसले ताेकिएकाे समयमा महाधिवेसन सम्भव नभएकाे बताउनुभएकाे छ । भाैगाेलिक विकटता, संरचनागत अवस्था लगायतका कारण निर्धारण गरिएकाे तालिका बमाेजिम महाधिवेसन गर्न सम्भव नदेखिएकाे उहाँले बताउनुभयाे । ‘कार्यतालिकाकाे सन्दर्भमा केहि न केहि प्रयास हुन्छ तर समय अत्याधिक पेचिलाे भएकाेले भनिएकै समयमा सम्भावना देखिदैन’, नेता खड्काले भन्नुभयाे । विधानत: महाधिवेसनका लागि अझै डेढ बर्ष समय रहेकाे बताउनुहुँदै ताेकिएकाे समयमा महाधिवेसन हुन नसके उचित समयमा नियमित अधिवसेन हुने खड्काले बताउनुभयाे । केहि नेता तथा कार्यकर्ताहरुले विशेष अधिवेसनकाे माग राखे पनि नियमित अधिवसेनकाे मिति तय भएकाेले त्यसकाे औचित्य सकिएकाे उहाँले बताउनुभयाे ।

संखुवासभामा निर्मामाण हुन लागेकाे थिल्लाे अरुण जलविद्युत आयाेजनाकाे माेडालिटी यस अघि बनिसकेकाे र त्यसलाई अनावश्यक रुपमा चलाउन खाेजेकाे  खड्काले बताउनुभयाे । माथिल्लाे अरुणमा गरिविकाे रेखामुनी रहेका संखुवासभाका नागरिकहरुका लागि ऋणकाे ब्यवस्था गरेर ५ लाख रुपैयाँ लगानीकाे वातावरण तयार गरिसकिएकाे अवस्थामा स्वार्थका लागि माेडालिटी नै परिवर्तन गर्न लागिएकाे उहाँले बताउनुभयाे । सरकारले आफ्नाे स्वार्थपूर्तीकाे लागि  जिल्लावासीलाई ओझेलमा पारे बिरुद्धमा जानु पर्ने उहाँले बताउनुभयाे ।

हालकाे सरकारले संसदद्वारा पास भएकाे बजेट कटाैती गर्न लागेकाे प्रति कटाक्ष गर्नुभयाे । पार्टी सभापति शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नाे जिल्ला संखुवासभाकाे बजेट काट्ने सरकारकाे हास्यस्पद निर्णय कार्यन्वयन नहुने उहाँले बताउनुभयाे ।

सम्बन्धित समाचार