सांगीतिक प्रस्तुति दिन सुजन चापागाईं लिस्बन आउदै, भिभिआइपी टिकट सोल्डआउट



लिस्बन । करिब एक महिना अघि युट्युबमा रिलिज भएको नेपाली चलचित्र ‘उनको स्वीटर’ ले एक करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। दर्शकहरुले चलचित्र आसाध्यै रुचाउनुमा एउटा सशक्त पक्ष सांगीत पनि हो । तिनै हिट चलचित्रका गायक सुजन चापागाईंले पोर्चुगलको लिस्बनमा पहिलो पटक सांगीतिक प्रस्तुति दिने भएका छन्।

युरोपमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू संयोजन गर्दै आएका गुरुङ केएनएस इन्टरटेन्मेन्ट तथा मामा इभेन्ट्सले गायक चापागाईंलाई लिस्बन ल्याउन लागेको हो। कार्यक्रममा गायक चापागाईंसँगै स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने छ । आगामी मार्च २ तारिख (सोमबार) का दिन लिस्बनस्थित लिस्बोआ आओ भिभो हलमा आयोजना हुने उक्त कार्यक्रममा केन्द्र मोसन पिक्चर्स र नेप्स इन्टरटेन्मेन्टले सहकार्य गरेका छन्।

आयोजकका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। प्रचारप्रसार तथा टिकट वितरण पनि व्यापक रूपमा भइरहेको जनाइएको छ। १७५ युरो तोकिएको भीभीआईपी (VVIP) टिकट पूर्ण रूपमा सोल्ड आउट भइसकेको छ भने साधारण तर्फका टिकटहरू पनि तीव्र गतिमा बिक्री भइरहेका छन्।

नेपाली संगीत र संस्कृतिको प्रवर्द्धन गर्दै संगीतको माध्यमद्वारा विदेशमा बस्ने नेपालीहरुबीच भावानात्मक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इभेन्टका सदस्य अशोक गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार