खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकामा आजबाट तितेपाति लगायतका जडिबुटीबाट साबुन बनाउने तालिम सुरु भएकाे छ । तालिमका लागि छनाैट भएकाहरुलाई गाउँपालिकाकाे सभाहल चिचिलामा तालिम दिन सुरु गरिएकाे हाे ।
तालिमकाे आज एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिका उपाध्यक्ष मनकला राईले उद्घाटन गर्नुभयाे । स्थानीयलाई गाउँघरमै पाईने तितेपाति लगायतका जडिबुटीबाट साबुन बनाई आयआर्जन गर्ने गर्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे उपाध्यक्ष राईले जानकारी दिनुभयाे ।
तालिमका लागि मनाभरा रिसर्च सेन्टर प्रालिले प्राविधिक सहयाेग गर्नेछ । पालिका भित्रका २२ जनाले तालिम लिन सुरु गरेकाे तालिमका फाेकल पर्सन पुष्प राईले जानकारी दिनुभयाे । आजबाट सुरु भएकाे तालिम १७ गते सम्पन्न हुनेछ ।


प्रतिक्रिया