खाँदबारी । संखुवासभा जिल्ला मकालु गाउँपालिका–१ की सुत्केरी सरु राईको हेलिकप्टरबाट उद्धार गरिएको छ । २८ बर्षीय राईकाे बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकाे थियाे ।
राईको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएपछि नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरि काठ्माण्डाै लगिएकाे छ । राईकाे अत्यधिक रक्तस्राव भएर अवस्था नाजुक बन्दै गएपछि उद्धार गर्नु परेकाे अस्पतालले जनाएकाे छ ।
राईलाई तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ अनुसार उद्धार प्रक्रिया अघि बढाइएको थियो ।
बिरामीकाे थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पठाईएकाे जिल्ला अस्पतालका डा. प्रदीप श्रीवालले जानकारी दिएका छन् ।


प्रतिक्रिया