भोटखोलावासीको दुखः शव पोष्ट मार्टमको लागिसमेत हेलिकप्टर चार्टर



सङ्खुवासभाको पावाखोलामामा बिरामीलाई हेलिकप्टरमा राखिदै । फाईल फोटो

सङङ्खुवासभा, असार ८ गते । खाँदबारी स्थीत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा उमाङ् लामा छट्पटीरहुभएको थियो । कहिले कोबाट त कहिले कोबाट निरन्तर फोन आईरह्यो, आफ्नै भोटे भाषामा फोन गर्नेलाई सम्झाईबुझाई गरिरहनुभएको थियो ।

चार दिन अघि भोटखोलामा ढुङ्गा प्रहारबाट हत्या गरिएको छिनाङ भोटेको शव जिल्ला अस्पताल खाँदबारी ल्याउनु थियो । जस्को लागि हेलिकप्टर चार्टर गरिएको थियो । हेलिकप्टर पर्खेको पनि तीन दिन भईसक्यो । पहिलो र दोश्रो दिन मौसमको खरावीका कारण हेलिकप्टर ल्याउन सकेका थिएनन् । तेश्रो दिन सो हेलिकप्टर आउने क्रममा ईञ्जीनमा खरावी देखिएको भन्दै बिराटनगरमा मर्मत गर्दै गरेको खबर आयो । साँझ परिसक्दा पनि हेलिकप्टर नबनेपछि चौथो दिनको लागि कुर्नुको विकल्प थिएन । ज्यान गएको चार दिन पछि शुक्रबार पुरै सडिसकेको शव हेलिकप्टरबाट जिल्ला अस्पताल ल्याईयो ।

जिल्लाको माथिल्लो भेगका नागरिकहरुको यो प्रतिनिधीमुलक घटना मात्र हो । कसैलाई आपतकालिन उपचार गर्नको लागि हेलिकप्टरको विकल्प छैन । जिल्ला अस्पताल खाँदबारीसम्म आईपुग्न हप्तादिन हिड्नु पर्छ । छिनाङ भोटेको जस्तै शब पोष्ट मार्टमको लागि बोकेर जिल्ला अस्पताल ल्याउनु पर्ने बाटैमा सढेर बोकीसक्नुको हुँदैन । विरामी बोकेर ल्याउनु परे बाटैमा ज्यान गुमाउने खतरा ब्यहोर्नु पर्छ । माथिल्लो भेगका नागरिकहरुले यस्तो खतरा मोल्नुको साटो ऋणदान गरेर भएपनि हेलिकप्टरलाई लाखौ बुझाउन बाध्य छन् ।

भोटखोला क्षेत्रमा सडक सञ्जाल पुगेको छैन । सडक नपुगेकै कारण कम आयश्रोत भएकाहरुले पनि उपचारमा ठुलो रकम खर्चनु परेको छ । यस पटक पनि शव पोष्ट मार्टमकै लागि झण्डै तीन लाख रुपैयाँ खर्च भएको उमाङ लामा बताउनुहुन्छ । कच्ची नै भएपनि सडक सञ्जालले गाउँलाई छोएको भए यतिका धेरै खर्च गर्नु नपर्ने लामा बताउनुहुन्छ । अर्का छिमेकी छिजुक भोटे थप्नुहुन्छ, ‘हिमालको दुख हामीलाई बाहेक कसैलाई थाहा छैन जस्तो लाग्छ, बिरामी हुँदा पनि सक्नेले हेलिकप्टर बोलाउछन्, नसक्नेले त्यसै ज्यान गुमाउनु पर्छ ।’

भोटखोलाको छिमेकी मकालु गाउँपालिका स्थायी घर भएको पुर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद तारामान गुरुङ भोटखोलावासीको दुख नजिकबाट बुझेको बताउनुहुन्छ । कतिलाई त आफैले खर्चको जोहो गरेर हेलिकप्टरको ब्यवस्था गरिदिएको सांसद गुरुङ बताउनुहुन्छ । भोटखोला क्षेत्रको नागरिकहरुको दुख देखेर नै उत्तरदक्षिण सडकलाई द्रुत गतिमा सम्पन्न गर्न पहल गरिरहेको सांसद गुरुङले बताउनुभयो । जुन गतिमा सडक निर्माण हुनु पर्ने हो त्यस्मा ढिलाई भईरहेको स्वीकार्दै हाल मकालु गाउँपालिकाको सिम्मासम्म ट्रयाक खुलिसकेको बताउनुभयो । भोटखोला क्षेत्रमा जतिसक्दो चाँडो सडक पुराउनुको विकल्प नरहेको गुरुङको भनाई छ ।

गोरखापत्रबाट

 

सम्बन्धित समाचार