सङ्खुवासभा, असार १७ गते । भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेद्वार विजयी बनेका छन् । मादी नगरपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वारवारहरु विजयी बनेका छन् ।
भोटखोला गाउँपालिकामा एक हजार तीन सय ७७ मतका साथ तेम्बा भोटे विजयी बन्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वाङ्दावी भोटेले एक हजार दुई सय ३६ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुख पदको विजेता पाञ्जाम भोटेले एक हजार तीन सय २१ मत प्राप्त गर्नुभएको छ भने निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका थुन्डुक भोटेले एक हजार दुई सय २८ मत प्राप्त गर्नुभएको छ ।
मादी नगरपालिकामा भने नेकपा एमालेका विदुर लिङ्थेपले दुई हजार सात सय ४१ मत ल्याएर विजेता बन्नुभएको छ । उहाँका निकट्तम प्रतिद्न्दी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार एक सय २२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमाले बाटै उपाध्यक्षमा विजेता बन्नुभएको उर्मिला नेपालले दुई हजार नौँ सय १४ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसका कल्पना खत्रीले दुई हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ ।
यस अघि नै सिलिचोङ र चिचिला गाउँपालिकाको नतिजा सार्वजनिक गरिसकिएको थियो । दुवै तहमा नेपाली कांग्रेसका उमेद्वारहरु विजयी बनेका छन् ।
प्रतिक्रिया