जंगली हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु



चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु भएको छ। माडी नगरपालिका–१ द्रौपतिनगरकी ६२ वर्षीया पञ्चमाया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। घरमा नजिकै बाटोमा हिँडिरहेकी पञ्चमायालाई शनिवार राति करिब पौने १० बजे जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जले घेरिएको माडीमा यसअघि पनि हात्तीको आक्रमणबाट धेरै जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार