भोजपुरका अलपत्र सडक सुचारु हुने



भोजपुर, ८ चैत । डेनर्माक सरकारको अनुदानमा उन्नती परियोजनाद्धारा सञ्चालित भोजपुर, टक्सार गुम्बा हुदैं कोट गोगनेसम्म जाने सडकको काम तत्काल सुचारु गर्ने निर्णय भएको छ ।

सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानिय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा एक हप्ता अगाडी सर्वपक्षिय बैठक बसेर ठेकेदार सात दिन भित्र उपस्थित नभए कारवाही गर्ने निर्णय गरेको भएपनि ठेकेदार कम्पनीले नै भोजपुर नगरपालिका २ का शरण कुमार तामाङ्गलाई आर्थिक जिम्मेवारी सहितको सडक निमार्ण गर्ने जिम्मा दिएकाले तत्काल सुचारु गर्ने भएको हो ।

जिल्ला स्थित स्थानिय सरकारका प्रमुख, राजनीतिक दल लगायतको पटक पटकको सर्वपक्षिय बैठकले बाटो बनाउन ताकेता गरिरहेको छ । एम. के. वाईपीजेभी निर्माण कम्पनीले २०१६ जुन १६ तारिकमा ठेक्का सम्झौता गरेको थियो । करिव दश करोडकोे ठेक्कामा हालसम्म १३ प्रतिशत काम भएको जिल्ला छ । बाँकी ८७ प्रतिशत काम भने अवको दुई महिनामा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।

सम्बन्धित समाचार