सिलिचोङ गाउँपालिका, संखुवासभाको अनुरोध



नेपालको संबिधान अनुसार पूर्वांचल विकासक्षेत्र अन्तर्गत कोशी अन्चलको संखुवासभा जिल्लाका सुदुर उत्तरका साविक सिसुवाखोला, बाला, मांग्तेवा, ताम्कु र याफु गा. वि.स. हरुको संयोजन भई प्रदेश नं. १ अन्तर्गतका स्थानीय तहहरु मध्ये एक हो सिलिचोंग गाउँपालिका भौगोलिक रुपमा विकट भएतापनि सामाजिक, साँस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउंपालिका वातावारनीय दृष्टिकोणले बसोबासको लागि उत्कृष्ट रहेको छ । यस छेत्रमा पर्ने रमणीय सिलिचोंग हिमालको नामबाट यस गाउंपालिकाको नाम सिलिचोंग रहन गएको हो ।

१, सिलिचोंग गाउंपालिकाको राजनीतिक विभाजन

प्रदेशः १ नं

जिल्लाः संखुवासभा

गाउंकार्यपालिकाको कार्यलयः ताम्कु

वडा संख्याः ५

२, भौगोलिक अवस्था तथा सीमाना

क्षेत्रफलः ५०१.८९ वर्ग कि.मी.

पूर्व चिचिला र मकालु गाउंपालिका

पश्चिमः सोलुखम्बु जिल्ला

उतरः मकालु गाउंपालिका

दक्षिणः भोजपुर जिल्ला

३. प्रमुख नदीनाला, हिमाल र बिशेष क्षेत्र

यस गाउंपालिकाको दक्षिणु सीमानामा अरूण नदी पर्दछ भने मुख्य नदीको रुपमा संखुवा खोला रहेको छ्र यसका अलवा सिसुवा खोला पनि रहेको छ । पूर्ण भूभाग मकालु वरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती छेत्रमा पर्ने यस गाउंपालिकाको उतरी सीमानामा चाम्लांग, दिग्लिंग, संखुवासीर र नौलेख जस्ता रमणीय हिमालहरु हरेको छन् ।

४. धर्म, संस्कृति र जातजाति

यस गाउंपालिका क्षेत्रभित्र हिन्दु, बौद्ध, क्रिस्चियन र किरात धर्मका मानिसहरुको बसोवास हरेको छ । यस गाउँपालिका क्षेत्रभित्र दशैँ, तिहार, साउने संग्क्रान्ति, ल्होसार, चाक्चाकुर, उधौली र उभौली लगायतका चाडपर्वहरु मनाउने गरिन्छ । यहाँ कुलुङ समुदायको बाहुल्य भएपनि मेवाहाङ, थुलुङ, दुमी, चामलिङ, खालिङ, शेर्पा, तामाङ समुदायको पनि उल्लेख्य जनसंख्या छ । यस गाउँपालिकामा क्षेत्री र ब्राह्मण समुदायका मानिसहरुको पनि बसोवास रहेको छ ।

सम्बन्धित समाचार