तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०



काठमाडौँ । नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आयल निगमको संचालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब प्रतिलिटर पेट्रोल एक सय १० र प्रतिलिटर डिजेल तथा मट्टितेल ९७ रुपैयाँमा खरिद गर्न सकिनेछ । निगमको यो निर्णय मध्यरातिबाट लागू हुने छ ।

भारतीय आयल निगमले पठाएको पछिल्लो खरिद मूल्यका आधारमा मूल्य समायोजना गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपीजी ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

सम्बन्धित समाचार