भोजपुरमा पाँच जना कारागार चलान



भोजपुर । जिल्ला अदालत भोजपुरले विभिन्न मुद्धाका ५ जनालाई जेल चलानको फैसला गरेको छ । अदालतले कतव्र्य ज्यान मुद्धामा रामप्रसाद राई गाउँपालिका वडा नम्बर –७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैद सहित एक लाख जरिवानाको फैसला गरेको हो ।

अभियुक्त राईले गत कार्तिक २४ गते ४७ वर्षीय दिदिलाई कुखराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकामा हिर्काएर हत्या गरेको अदालतले जनाएको छ । त्यस्तै अदालतले जबरजस्ती करणी वाल विजाइमा एक जनालाई १ महिना कैद र ५० हजार क्षेतीपर्तीको फैसला गरको छ । अदालतले अरुण गाएँपालिका वडा नम्बर ४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोहि ठाउँकी बालिकालाई करणी गरेको आरोपामा कैद र क्षतिपुर्तीको फैसला गरेको हो ।

त्यसैगरी २६ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा भोजपुरको अरुण गाउँपालिका –४ चरम्वीका सन्तोष विश्मकर्मालाई ६ वर्ष कैद र ५० हजार क्षेत्रीपुर्तीको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोहि ठाउँकी युवतिलाई करणी गरेका थिए ।

त्यस्तै अदालतले वहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १३ बोयाका प्रविन श्रेष्ठ र भोजपुर नगरपालिका वडा नम्बर –१ वस्ने इन्दिरा तामाङलाई एक वर्ष ६ महिना कैद सजाए सहित १५/१५ हजार रुपैया क्षेतीपुर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गत कात्र्तिक ७ गते विवाह गरेका थिए ।

सम्बन्धित समाचार