पांमा, पुष ७ गते । संखुवासभाको गैरी पांमामा जारी तेश्रो पांमा कप फुटबल प्रतियोगिताको फाईनलमा तुम्लिङटार स्पोटिङ क्लव र पांमा सामुदायिक सेवा क्लव ए बिच प्रतिस्पर्धा हुने भएको छ । आई भएको सेमि फाईनल चरणको प्रतियोगितामा विजेता बन्दै उक्त टिमले प्रतिष्पर्धा गर्ने भएको हो ।
सनिबार भएको खेलमा पांमा सामुदायिक सेवा क्लव ए ले चिसोपानी गुम्बालाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै, तुम्लिङटार स्पोटिङ क्लव र संखुवासभा यूनाइटेड क्लव विच भएको खेलमा १–१ गोलको बराबरी भएपछि ट्राईबेकरबाट तुम्लिङटार स्पोटिङ क्लव विजयी बनेको हो । ट्राइबेकरमा संखुवासभा यूनाइटेडलाई ४ का विरुद्ध ५ गोल गर्दे तुम्लिङटार स्पोटिङ क्लव फाइनलमा प्रबेश गरेको छ ।
भोलिको फाइनल खेल दिउसो १२ बजे हुने आयोजक समितीका सदस्य जेविन राईले जानकारी दिए । पुस ४ गते बाट सुरु भएको प्रतियोगितामा संखुवासभा उत्कृत १६ क्लवले सहभागीता जनाएका थिए । भोली सम्पन्न हुने प्रतियोगिताको विजेताले १ लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलमा प्रवेश गर्ने दुवै टिमले १५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३ र ३ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतिक्रिया