गावैभरि स्ट्रेचर, बर्थिङ सेन्टरमा बच्चा जन्माउनेको संख्या बढ्ने अपेक्षा




सङ्खुवासभा । स्वास्थ्य चौकी पु¥याउनको लागि डोकोको साहारा लिईरहेका सिलिचोङ गाउँपालिकाका स्थानीयले अब सहज रुपमा अस्पताल पुग्न पाउने भएका छन् । सिलिचोङ काठ्माण्डौ समन्वय समितिले स्ट्रेचर वितरण गरेपछि स्थानीयले यस्तो सुविधा पाउने भएका हुन् ।

सिलिचोङ गाउँपालिकाको समग्र विकासको लागि सहजिकरण गर्ने उद्देश्यले काठ्माण्डौमा गठन गरिएको समन्वय समितिले विभिन्न दाताहरुबाट रकम संकलन गरेर प्रत्येक टोलमा स्ट्रेचर वितरण गरेका हुन् । पाँच वटा वडा रहेको गाउँपालिकामा सनिवार सिसुवाटारमा एक कार्यक्रम आयोजना गरि एक सय २३ वटा स्ट्रेचर वितरण गरिएको हो । स्ट्रेचर पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै पुर्व राज्यमन्त्री गुरुङले दुर्गम गाउँका नागरिकहरुको लागि अत्यन्त उपयोगी कार्य भएको बताउनुभयो । रकम संकलन अभियानको सुरुवाती आफैबाट भएको स्मरण गर्दै अव यहाँका नागरिकहरुले सहज रुपमा अस्पतालसम्म पुग्न पाउने भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

समन्वय समितिले सुरु गरेको बृहद् स्ट्रेचर अभियानमा सवै भन्दा पहिले गुरुङले आर्थिक सहयोग गर्नुभएको समितिका अध्यक्ष संयोगान्त कुलुङले प्रष्ट पार्नुभयो । झण्डै ५ महिनासम्म सञ्चालन भएको अभियानबाट ८ लाख ४१ हजार रुपैयाँ संकलन भएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । उक्त रकमबाट नै सवै सामग्रीहरु खरिद गरिएको समेत कुलुङले बताउनुभयो । कमसेकम् स्वास्थ्य चौकी पु¥याउन समस्याकै कारण अकालमा कसैको ज्यान नजाओस भनेर अभियान सञ्चालन गरिएको समितीले जनाएको छ । यसबाट सवैभन्दा बढी गर्भवती महिलाहरुलाई अस्पताल पुराउन सहजता मिल्ने समितीको दावी छ ।

सिलिचोङ क्षेत्रमा जन्मदर धेरै भएपनि बर्थिङ सेन्टरमा जन्माउनेको संख्या न्युन रहेको बताउदै यसमा पनि अब सुधार आउने अध्यक्ष कुलुङको दावी छ । उहाँले भन्नुभयो, ‘बच्चा जन्माउने बेलामा अस्पताल पुराउन डोकोबाट असहज हुने भएकोले धेरैले घरमै जन्माएको पाईएको छ, अव सवै आमाहरुले स्वास्थ्य केन्द्रमा नै गएर बच्चा जन्माउने छन् ।’ कोही विरामी भैहाले वीस मिनेट भित्र स्ट्रेचर उपलब्ध हुने गरि वितरण गरिएको कुलुङले बताउनुभयो । अभियानको खर्च बिवरण सार्वजनिक गर्दै अध्यक्ष कुलुङले सवै सहयोगी दाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

यसै विच, पुर्व स्थास्थ्य राज्यमन्त्री तारामान गुरुङ सिलिचोङ पुग्नुभएको बेला नागरिकहरुले स्वास्थ्य सम्बन्धी गुनासो राखेका छन् । गुरुङ स्वास्थ्य राज्यमन्त्री हुँदा गरेको केही प्रतिबद्धता अझै पुरा नभएकोमा स्थानीयले गुनासो गरेका छन् । विशेषतः ताम्कु प्राथमिक स्वास्थ्य चौकीलाई पन्ध्र सैयाको अझै बनाउन नसकेको र अस्पतालमा चिकित्सकको अभाव रहेको बारे गुनासो गरेका छन् । सिलिचोङ वासीको गुनासोलाई सम्बोधन गर्दै गुरुङले पन्ध्र शैयाको बनाउन स्वीकृति प्राप्त भईसकेको र प्रकृयाको क्रममा रहेको जानकारी दिनुभयो । अव केही समयमा नै पन्ध्र शैयाको हुनेमा ढुक्क रहन समेत गुरुङले आग्रह गर्नुभयो ।

दुर्गम गाउँमा डाक्टर जान नमान्नु देश भरिकै समस्या भएको बताउदै डाक्टर बस्ने ब्यवस्थामा गाउँपालिका अध्यक्षसँगै लागि परेको दावी गर्नुभयो । ल्याव, एक्स–रे, भिडियो एक्स–रे जस्ता न्युनतम् सुविधा भएपछि डाक्टर बस्न सक्ने बताउनुभयो । जस्को लागि हालैबाट मात्र ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनमा आएको र आफ्नै पहलमा एक्स–रे र भिडियो एक्स–रे को सुविधा दिन अन्तिम तयारीमा रहेको सिलिचोङ स्वास्थ्य शाखा प्रमुख दिपेश कुलुङलाई उदृढ गर्दै गुरुङले बताउनुभयो । यी सवै सुविधा भएसँगै अनिबार्य डाक्टर बस्ने प्रबन्ध मिलाईने उहाँको दावी थियो । ‘उनीहरुले पढेको कुरा ब्यावहारमा लागु गर्नै नपाएपछि कुनै डाक्टर लामो समय बस्नै मान्दैनन्, ल्याव र एक्स–रेको सुविधा भएपछि बस्न कर लाग्छ’, गुरुङले भन्नुभयो । पन्ध्र शैयाको अस्पताल बनेपछि कुनै हालतमा डाक्टर अनिबार्य ब्यवस्था गर्न पहल गर्नेसमेत गुरुङले प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार