सिबि कुलुङको ‘मकालुलाई साक्षी राखि’ सार्वजनिक (भिडियो सहित)




खाँदबारी । संखुवासभाका गीतकार सिबि कुलुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘मकालुलाई साक्षी राखि’ बोलको गीत गायक तथा संगीतकार कृष्ण राईको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक तथा संगीतकार कृष्ण राईको संगीत र स्वर रहेको छ । गीतमा संखुवासभा र गीतकार कुलुङको गाउँ वालुङको सुन्दरता र विशेषताको बर्णन गरिएको छ । मातृभुमिको प्रेमले ओतप्रोत भएको यस गीतमा बुद्ध स्याङबोको एरेन्ज, गंगा राम राईको छायाँकन तथा सम्पादन रहेको छ भने आर.डि.कुलुङको बिशेष सहयोग रहेको छ ।

भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नु होला ।

सम्बन्धित समाचार