संखुवासभा को मादी नगरपालिकाको वडाहरुमा दुई आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा



संखुवासभाः  संखुवासभा को  मादी नगरपालिकाको वडाहरुमा दुई आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा आएको छ । मादी नगरपालिका वडा नं १ र ९ मा आधारभुत स्वास्थ्यचौकी सञ्चालनको एक कार्यक्रमबिच उद्घाटन भएको हो । मादी नगरपालिका वडा नं ९ फाविङमा रहेको आधारभुत खोप केन्द्रको भवनमा स्वास्थ्यचौकी सञ्चालन भएको छ ।

कार्यक्रमको उद्घाटन नगर उपमेयर उर्मिला नेपाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो  भने वडाअध्यक्ष पाशाङ शेर्पाको सभापतित्वमा सम्पन्न भएको थीयो । मादी नगरमा वडा नं ३,४ र ८ मा मात्र स्वास्थ्यचौकी हुँदा बिराीहरूले सास्ती खेप्नु परेको र यो सेवाले अब सबै नागरिकले सुवीधा वडामै पाउने हुँदा स्थानियवासीहरु खुसि भएको वडा अध्यक्ष पासाङ शेर्पाले वताउनुभयो  ।

कार्यक्रममा वोल्ने धेरै वक्ताहरुले यस कार्यक्रमको तारीफ गरेको उपमेयर उर्मिला नेपाल सुवेदीले जानकारि दिनुभयो  । यो योजना केन्द्रवाटै आएको र आगामी वर्षहरुमा अन्य वडाहरूमा समेत स्थापना गर्ने लक्ष्य रहेको उपमेयरले बताईन् । यो संगै मादी नगरपालिकामा स्वास्थ्य चौकीको संख्या पाँच पुगेको छ ।

सम्बन्धित समाचार