इटहरीमा ब्लडप्रेसरका रोगी बढ्दै नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड ।



सुनसरी । तीन हजार ५ सय सय तिर्दा लाख रुपियाँसम्मको औषधी र उपचार सेवा पाइने स्वास्थ्य विमा गरेर फाइदा लिन इटहरी उपमहानगरले आग्रह गरेको छ ।

इटहरीका पत्रकारहरुका लागि आयोजित स्वाथ्य सम्वन्धि अभिमुखिकरण कार्यक्रममा यस्तो आग्रह गरिएको हो । कार्यक्रममा वोल्दै स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले बर्षको ३५ सय तिरेर विमा गर्दा परिवारका पाँच जना मध्ये जो कोही पनि विरामी भए एक लाखसम्मको औषधी र उपचार प्राप्त हुने जानकारी दिइन् ।

७० बर्ष माथिका जेष्ठ नागरिकहरुका हकमा भने निशुल्क स्वास्थ्य विमाको ब्यवस्था छ । स्वास्थ्य विमा गराएका ब्यक्तिका परिवारका सदस्य विरामी भए इटहरी अस्पताल र त्यहाँ उपचार हुन नसक्ने भए इटहरी अस्पतालले रेफर गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी प्रादेशिक अस्पताल, नोवेल अस्पताल, विराट अस्पतालमा उपचार सेवा प्राप्त हुने छ । इटहरीका वडा वडामा तीन जनासम्म स्वास्थ्य विमा दर्ता सहयोगी खटाइएकोले विमा गर्न उनीहरु नगरवासीको घरमै आउने जानकारी दिइएको थियो ।

इटहरीमा ब्लडप्रेसर हाइ हुने ब्यक्तिहरु वढदै

पत्रकारका लागि आयोजित स्वास्थ्य सम्वन्धि अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य सहायक रामकुमार धमलाले नगर्ने रोगहरु मध्ये इटहरीमा ब्लडप्रेसर हाइ हुने समस्या बढी रहेको जानकारी दिए । उनका अनुसार इटहरी उपमहानगर मातहत रहेका स्वास्थ्य सस्थाहरुबाट एक बर्षको अवधिमा करिव ७४ हजारले स्वास्थ्य सेवा र परामर्श लिएको जानकारी गराए । त्यसमा नसर्नेमा रोगहरु मध्ये ब्लडप्रेस हाइका विरामी वढि रहेको उनले वताए । नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा उनँले जोडदिए ।

मर्निडवाक नसर्ने रोगको औषधी

कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका सहायक प्रमुख पुण्य प्रसाद सिग्देलले विहान विहान मर्निडवाक गर्नु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक रहेको वताए । उनले आफू २० बर्षदेखि सुगरको विरामी भएकाले २० बर्षदेखिनै मर्निड वाक गर्दै आएकाले स्वास्थ्य सम्वन्धी समस्या नवढेको वताए । कार्यक्रमा इटहरीका जनस्वास्थ्य निरीक्षक दामोदर गौतमले वरिष्ठ मुटु रोग विशेषज्ञ लाई उदृत गर्दै ब्यक्तिको उमेर जति छ, त्यतिनै मिनेट मर्निडवाक गर्नुपर्ने जानकारी दिए ।

सम्बन्धित समाचार