यो मौसममा धेरै प्रकारका सर्पहरु देखिने गर्छन् । हामीले सर्प चलाउने जिस्काउने गर्नुहुँदैन भने सर्पले डसेको खण्डमा बिरामीलाई सुताउने त्यो स्थान चलाउनु हुँदैन । शरीरमा खुला कपडा लगाउने र डसेको भागमा चुस्ने, काट्ने गर्न आदि गर्नुहुँदैन ।
सर्पले टोकेमा के गर्ने ?
– सर्पले डसेमा तुरुन्त सुताउने ।
– एक औँला छिर्नेगरी अलिक माथि बाँध्ने ।
– चाँडोभन्दा चाँडो अस्पताल लैजाने ।
के नगर्ने ?
– आफूखुसी औषधी प्रयोग नगर्ने
– सर्पले डसेको स्थानमा चुस्ने गर्नुहुँदैन ।
– सर्पले डसेको स्थानमा चलाउने गर्नुहुँदैन ।
– काट्ने हुँदैन ।
– कसेर बाँध्नु हुँदैन ।
– झारफुकमा नजाने ।
प्रतिक्रिया