केहि शिप नचले पछि बुबाको उपचारको लागि ज्यानको भिक माग्दै



काठमण्डौं । हिरा बुढामगर र उनका भाई अशोक बुढा मगरको सपना थियो धेरै पढ्ने र ठुलो मान्छे बन्ने । हिरा त जिल्ला स्तरको भलिवल खेलाडी पनि हुन् । तेक्वान्डोमा खुबै रुचि राख्ने हिरालाई खेलाडी बनेर नेपालको झण्डा बोकेर खेल्न मन थियो । समय सधैँ एकनास बग्दैन । भनिन्छ दशा बाजा बजाएर आउँदैन । माघको आधा आधितिर हो सायद त्यो अप्रिय खबर सुन्नुपर्यो हिरा छाङ्गा बाट खसेजस्तै भईन ।

सपनालाई बिचमै गाँठो पार्दै बुवाको हेरचाहमा लागिन । कलेज पढ्ने सपना रहर मात्र भयो । तेक्वान्डो खेलाडी बन्ने सपना पनि सपनामै थाती रह्यो उनलाई हरबखत हौसला दिने र फी तिरीदिने बुबा दल बहादुर क्यान्सर जस्तो प्राणघातक रोगबाट एकासी थालिए ।बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका दल बहादुर बुढा बोल्न सक्दैनन स्वास फेर्नलाई घाँटीकाटेर पाईप राखिएको छ ।

पैसा भए डाक्टरले बचाउन सकिन्छ भन्छ तर दल बहादुरको पाखोबारी २-३ लाखको होला ऋणले ८ लाख नाघी सक्यो। ‘राम्ररी काम गरे ३-४ महिना मुस्किलले खाना पुग्छ, बुबाले मजदुरी गरेर जेनतेन घरखर्च र अढाई खर्च टार्नु हुन्थ्यो तर आज बुबा आज कि भोलि जस्तै हुनुभएको छ’ गहभरी आँशु पार्दै हिराले नयाँबाटो सँग भनिन । ९ कक्षा पढ्नुपर्ने भाईले पनि पढाई भन्दा बुबा ठुलो भन्दै दिदिसंगै काठमाण्डौं स्थित एक होटेलमा भाँडा माँझ्छन ।

महिनामा ५-६ हजार कमाउछन र बुबाको उपचार गर्छन । ‘बुबालाई किमो चढाएर निको बनाउन मन छ, तर हामिसँग पैसा छैन ७-८ लाख ऋण पुगीसक्यो साहुले पत्याउन छोडे, बुबाले घरमा लैजाउ मलाई मर्नदेउ भन्नुहुन्छ, बुबाले देख्छनकी भनेर लुकेर रुन्छु दाई’ हिराले हिक्किदै भनिन । ति अबोध हिरा र अशोकको बुबाप्रतिको कर्मनिष्ठालाई सलाम !

‘पढाइ त पछि पनि गरौला तर बुबा फेरी पाइनन’ हिराको यो शब्द कति कारुणिक छ । केहि शिप नचले पछि बुबाको उपचारको लागि ज्यानको भिक माग्दै छन होटेलमा काम गरिरहेका ति कलिला दिदिभाई । जीन्दगी आज हो कि भोलि मरी लानु के छ र? बाँञ्चुञ्जेललाई हो धन दौलत तेरो मेरो ! नेपालीहरु मनकारी छन सरकारले नसकेका कामहरु जनस्थरबाट भएका छन ।

जस्तै ‘रुपाकृष्ण’ उनीहरुको समस्यालाई पनि पहिलोपटक मैले नै मिडिया ल्याएको थिएँ। त्यस्तै मगी खड्का, जमुना गहतराज र अहिले पछिल्लो समय धर्म बहादुर ओली सबैका समस्या आ-आफ्नै थिए । यसपाली बाग्लुङको यो गरिब परीवारको दर्दनाक अवस्था हजुरहरु समक्ष ल्याएको छु । सक्नुहुन्छ भने देश तथा विदेशमा जहाँरहेपनि एकदिन खाजा नास्ता नखाएर भएपनि उहाँलाई सहयोग गर्नुहोला ।

सहयोग तथा थप जानकारीको लागि पिडित दल बहादुर बुढाको मोबाइल नम्बर ९८२१३४८१३५ अथवा ९८६२७०४९२८ मा सिधैं सम्पर्क गर्नसक्नु हुन्छ। यदि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भनेदल बहादुरकी छोरी हिरा बुढा मागर (जो होटेलमा बुबाको उपचारको लागि काम गर्दैछिन) को बैंक खाता नम्बर 3507010017790 ग्लोबल आइएमई बैंकमा जम्मा गर्नसक्नु हुनेछ ।

धनकुटा खबरबाट

सम्बन्धित समाचार