३ वटा टाउको भएको अनौठो बच्चाको जन्म भएपछि भगवानको रुप भन्दै हेर्न आउँनेको घुईचो



काठमाडौ । विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । हामीले सहजै विश्वास गर्न गाह्रो हुने घटना हाम्रा वरपर भइरहेका हुन्छन् । यस्तै, छिमेकी मुलुक भारतमा सबैलाई अचम्म पार्ने ३ वटा टाउको भएको एक बच्चा जन्मीएको छ ।

यो अनौठो बिषय गत जुलाई ११ तारीक उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा ३ वटा टाउको भएको बच्चा जन्मीएको हो । मुख्य टाउकोबाट बच्चाको २ वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।

अझै उनको आमाले अपरेशन बीना नै अनौठो ती बच्चालाई जन्म दिएपछि चिकित्सकहरुसमेत पनि अचम्म परेका छन् । अहिले उक्त बच्चालाई भगवानको रुप भन्दै हेर्न आउँनेको घुईचो लाग्न थालेको छ । केही त दर्शन गर्न भन्दै भेटी, फूल प्रसाद नै लिएर आउँने गरेका छन् ।

सम्बन्धित समाचार