पानीमा भिज्दै सरकारविरुद्ध उत्रिए व्यवसायी



हेटौँडा । सरकारले ल्याएको भिसिटिएस तथा अन्य करको विरोधमा मंगलबार हेटौंडा बजार ठप्प भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीले मंगलबार हेटौँडा बजार बन्द गरेका हुन्।

सरकारले आव ०७६/०७७ बाट लागू गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा हेटौँडाका व्यवसायी झरीको पर्वाह नगरी सडकमा उत्रिएका हुन्। चर्को नारावाजी गर्दै व्यवसायीले सरकारको विरोध गरेका छन्। यस्तै पश्चिम मकवानपुरको मनहरी  बजार पनि ठप्प भएको छ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सोमबार भएको भेलाले सरकारको निर्णय सच्याउन दवाव स्वरुप बजार बन्दको आव्हान गरेको थियो। सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रूपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाइ छ। आकस्मिक रूपमा बजार बन्द हुँदा उपभोक्ता भने मारमा परेका छन्।

सम्बन्धित समाचार