आकाशवाट १० किलोको ढुंगा जमिनमा खसेपछि



भारत । सीमावर्ती क्षेत्र भारतको विहार मधुवन्नीमा आकाशवाट खसेको करिव १० किलोको ढुंगा अहिले चर्चाको विषय वनेको छ । मधुवन्नी जिल्ला अन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न अहिले भीड लागेको छ । सो ढुंगामा चुम्बकिय शक्ति रहेको छ । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने गरिएको प्रत्यक्षदर्शीहरुले वताएका छन ।

हिन्दूस्तान दैनिकमा कार्यरत स्थानीय पत्रकार रोशन कुमारका अनुसार सोमवार नेपाली समयअनुसार करिब १२ बजेर १५ मिनेटमा ढुंगा खस्दा ठूलो आवाज संगै धुँवा पनि देखिएको थियो । खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नामका एक मजदूर हिम्मत गरेर त्यो खेतमा गएर हेरे । ढुंगा फेला परेकोे थियो । ढुंगा ५ फिट माटो मुनि गाडिएको थियो । त्यसलाई उनले निकालेको पत्रकार रोशनले बताए । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारीपनि घटनास्थल पुगेका थिए ।

सो ढुंगामा चुम्बकिय शक्ति रहेको छ । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने गरिएको प्रत्यक्षदर्शीहरुले वताएका छन
अहिले सो ढुंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीको नियन्त्रणमा गाउँमै भएको बताए । एक दूई दिन भित्रै जानकारहरु कहाँ पुरयाइने जानकारी दिएका छन । मानिसहरु भीडलाई हेरेर ढुंगा त्यही राखिएको छ । जीवनमा यस्तो ढुंगा आफूहरु कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले वताए । ढुंगा खसेको जानकारी पाउनसाथ आज ढुंगा रहेको क्षेत्रमा गएको उनले वताए ।

मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशि भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होईन । ‘यति ठूलो त्यसमा पनि चुंबकीय गुण भएकाले यसलाई समान्य मान्न सकिँदैन ।’ उनले भने । यो ढुंगा अनुसनधानका लागि दिल्ली प्रयोगशालामा पठाउनु पर्ने उनको भनाई छ । बीआरए विश्वविद्यालय भौतिकी विभागका विभागाध्यक्ष डा. विजय कुमारले मैग्नेटिक प्रोपर्टी हुनसक्ने बताए । ‘आकासमा चार्जको कारणले लाइटनिंग हुन्छ लाइटनिंगले मैग्नेटिक प्रोपर्टी हुनसक्छ’ उनले भने । यस्तो ढुंगा कहाँवाट कसरी आयो जाँचपछि मात्रै केही भन्न सकिने उनको भनाई छ ।

सम्बन्धित समाचार