मुस्ताङको हिउँ र चितुवा गुफाले पर्यटकहरू तान्दै



पर्वत ।  पदयात्राबाट होस् वा सवारी साधनमै गुडेर मुस्ताङ पुग्ने प्राय घरपझोङ गाउँपालिका–५ ठिनीमा पुगेकै हुन्छन्। ठिनीमा रहेको हिउँ चितुवा गुफाले पर्यटकहरूको मात्रै होइन वन र वन्यजन्तुबारे अध्ययन गर्नेहरूको पनि ध्यान तानेको छ।  हिउँ चितुवा लोपोन्मुख अवस्थामा रहेको जनावर हो।

संसारका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली भेगहरूमा पनि पाइन्छन्। ठिनी त्यही ठाउँ हो जहाँ हिउँ चितुवाबारे जान्न पाइन्छ। हिउँ चितुवा गुफाको अवलोकन गर्न पाइन्छ। ठिनीबाट देखिने घरपझोङ किल्ला, स्याङ हिमाल, जोमसोम बजार, कालीगण्डकी नदी, ठिनी गाउँ, स्याउ बारी, स्याङ गाउँ, धौलागिरी हिमाललगायतको मनोरम दृश्यको धेरैको मन लोभ्याउँछ।

स्थानीय युवा तथा होमस्टे व्यवसायी निरजथिन थकालीका अनुसार सिजनका बेला दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू गुफाको अवलोकनका लागि ठिनी पुग्ने गर्छन्। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र र धार्मिक सहिष्णुता भएको ठाउँको रूपमा पनि चिनिएको मुस्ताङमा पुग्ने सबैजसो पर्यटकहरू गुफाको अवलोकनका लागि जाने गरेको उनले बताए।

सम्बन्धित समाचार