विविएसको पढाई सकेर लोकल कुखुरा पालनमा मनग्य आम्दानी



धनकुटा । वि.वि.एस. सम्मको अध्ययन गरेकी धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ परेवादिनकी इन्दिरा लिम्बु घरमै लोकल कुखुरा पालन गरेर मनग्य आम्दानी गरिरहेकी छिन् ।

सामान्यतया पढिसकेपछि आम विद्यार्थीको लक्ष्य जागिर खाने तर इन्दिरा भने पढाई सकेपछि नलोक सेवाको तयारीमा लागि नत कुनै जागिरको खोजीमा उनि लागिन व्यावसायीक लोकल कुखुरा पालनमा हिले क्याम्पसबाट व्यवस्थापन संकायमा वि.वि.एस. सम्मको अध्ययन गरेकी उनले जागिर खाने सोच गरिनन् । उनले जागिरको सट्टा उद्यमशील हुने वाटो रोजिन् ।

घर नजिकैको स्थानीय स्तर पाइने वाँसको भाटा र काठको प्रयोगबाट लोकल कुखुरा पालन गर्ने खोर बनाएकी छिन् । । एक वर्ष अघि १ वटा माउवाट सुरु गरेकी इन्दिराको खोरमा अहिले ४ सय ५० भन्दा वढी लोकल कुखुरा छन् । ‘पढाइ सकेपछि फुर्सद भइयो’ उनले भने ‘फुर्सदको समयलाई कसरी गर्ने भनेर सधै मनमा भइरहन्थ्यो । सोही उदेश्यले कुखुरा पालन गरेको हुँ ।’ व्रोइलर, गिरिराज भन्दा लोकल कुखुरा पाल्दा नै ठीक होला भन्ने लागेको उनले बताइन् ।

बजारको समस्या नहुने र राम्रो भाउ पाउने भएकाले गर्दा अन्य जातको कुखुरा पालन भन्दा यो ठीक रहेको उनको भनाई छ । कुखुरा पालन गर्नका लागि छथरजोरपाटी गाउँपालिका अन्र्तगतको पशुपंक्षी विकास शाखाले लोकल कुखुरा पालनमा प्रोत्साहन होस् भन्ने उदेश्यले उनलाई ५० वटा चल्ला र खोर वनाउन २० हजार रुपैया अनुदान रकम प्रदान गरेको छ ।

लोकल कुखुरा पालन गर्दा व्रोइलर कुखुराको जस्तो धेरै स्याहारसुसार गर्नु पर्दैन । ६ महिनामा विक्री योग्य हुन्छ । ६ महिना पाल्दा ३ किलो सम्म हुने उनले भनाई छ । लोकल भाले जातको खुकुरा प्रतिकिलो ५ सय ५० र पोथी प्रतिकिलो ४ सय ५० मा विक्री हुन्छ । विक्री गर्न हाटबजार धाउनु पर्दैन । खरिदका लागि व्यापारीहरु घरमै आउने गर्छन् ।

आगामी केही वर्ष भित्र ५ हजार लोकल कुखुरा पालन गर्ने उनको लक्ष्य रहेको बताउछिन् । जागिर भन्दा यही नै राम्रो रहेको उनको भनाई छ ।। जागिरमा अरुको समयमा काम गर्नु पर्छ । यो व्यवसायमा जतिपनि समय दिन सकिन्छ । सम्भावना देखेर लगानी गरेको उनले बताइन् ।

सम्बन्धित समाचार