दाङका एक जना शिक्षक १० हजार घुससहित पक्राउ



दाङ  । अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार