एक सरकारी अधिकृत घुस लिँदा लिँदै रंगे हात पक्राउ



कास्की । एकजना एक सरकारी अधिकृत घुस लिँदा लिँदै रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले घुस लिँदालिँदै ती सरकारी अधिकृतलाई पक्राउ गरेको हो। मालपोत कार्यालय कास्कीमा कार्यरत अधिकृत अभिनाश कुवँरलाई अख्तियारको टोलीले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिदाँलिँदै मंगलबार साँझ पक्राउ गरेको हो। साँझ करिब साढे ६ बजे पोखराको मुस्ताङचोकस्थित सोमु मम खाजा घरबाट कुवँर पक्राउ परेका हुन्।  अधिकृत कुवँरले जग्गाको मूल्या‌‌ङ्कन कम गरी राजश्व घटाइदिए वापत सेवाग्राहीबाट घुसबापद उक्त रकम लिएको अख्तियारले जानकारी दिएको छ।

सम्बन्धित समाचार