धनकुटा । विभिन्न सामाजिक कामहरु गर्दै आएको मातृभूमि महिला समाज धनकुटाले आज तीजको अवसर पारी अपाङ्गता वालवालिकाहरुलाई दर खुवाएको छ ।
नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा धनकुटा १ हिलेमा एक कार्यक्रमको आयोजना गरी समाजले हिले मा वि को वहिरा श्रोत कक्षा र सुस्त मनुस्थिती श्रोत कक्षा उत्तरपानीका ५० जना भन्दा धेरै वालवालिकाहरुलाई दर खुवाएको हो । शारीरिक तथा मानसिक हिसावले सामान्य भन्दा फरक प्रकृतीका त्यस्ता वालवालिकाहरुलाई वाह्य वातावरणमा घुलमेल गराउदै मनोरञ्जन समेत दिलाउने लक्षका साथ उनीहरुलाई दर खुवाईएको समाजकी उपाध्यक्ष कमला व्लोन तामाङले वताउनुभयो ।
साथै उनिहरुलाई समाजले स्टेस्नरीका सामाग्री कपी,डटपेन र पेन्सिल पनि प्रदान गरेको सामाजकी सचिव कृष्ण न्यौपाने आचार्यले वताउनुभयो । यता सुस्त मनुस्थिती श्रोत कक्षा उत्तरपानीका श्रोत शिक्षक भुपेन्द्र भण्डारीले साघुँरो सोचका कारण अझै कतिपय यस्ता वालवालिकाहरुलाई घर मै लुकाएर राख्ने अभिभावक र यस्ता वालवालिकाहरुलाई गरिने पारिवारिक एवम् सामाजिक नकरात्मक व्यवहार न्यूनिकरण गर्न मातृभूमि महिला समाजको यो कामले सकरात्मक सन्देश दिएको वताउनु भयो ।
उहाँले यसरी अन्य वालवालिकाहरुले जस्तै वाह्य वातावरमा रमाउनु,सवै सँग घुलमेल हुन पाउनु तथा मनोरञ्जन गर्न पाउनु उनीहरुको अधिकार भएको वताउदै समाजले ती वालवालिकाहरुका लागि आयोजना गरेको यो कार्यक्रम प्रति आफुलाई खुशी लागेको वताउनुभयो । त्यस्तै हिले मा वि वहिरा श्रोत कक्षाका श्रोत शिक्षक टंक थापाले पनि अपाङ्गता वालवालिकाहरुलाई घर परिवार र समाजवाटै हेलाको दृष्टिले हेर्ने चलन अझै पनि रहेको भन्दै महिला समाजले उनिहरु प्रति गरेको यो कामको प्रशंसा गर्नुभयो ।
यस्ता कार्यले समाजमा सकरात्मक सन्देश जाने भन्दै उहाँले पनि खुशी व्यक्त गर्नुभयो । अनौपचारिक रुपमा सञ्चालित यस कार्यक्रममा केही वालवालिकाहरुले गीत गाउने, दुवै खुट्टा काँधमा लगाई वस्ने जस्ता प्रतिभा पनि देखाएका थिए । मातृभूमि महिला समाजले महिलाहरुलाई आत्मा निर्भर वनाउन विभिन्न किसिमका सिप मूलक तालिम प्रदान गर्ने, कोही नभएका वालवालिकाहरुको संरक्षण गर्ने लगायतका धेरै सामाजिक कामहरु गर्दै आएको छ । यो वर्षको हरितालिका तीज भदौ १६ गते सोमवार रहेको छ ।
प्रतिक्रिया