संखुवासभा । अविरल वर्षासँगै आएको पहिरोले पाँचखपन नगरपालिका १ बाढीले १३ घर उच्च जोखिममा परेका छन्। पाँचखपन नगरपालिकाको विभिन्न आएको पहिरोले १३ घर परिवार उच्च जोखिममा परेको वडाध्यक्ष टेकबहादुर बुढाथोकीले जानकारी दिए। बर्षासँगै झरेको पहिरोले वडा नम्बर १ का बिमल सिंथा, मिनबहादुर बुढाथोकी, रोषनसिं लाखे, प्रदिपकुमार पुरी, प्रकाश पुरी, राजकुमार तामाङ, नारायण तामाङ, कुमारी राई, दुर्गाबहादुर राई, विष्णुमाया राई, देवीमाया लिम्बु, भीम राई र प्रेमकुमार राईको घर पहिरो तान्ने थालेका कारण उच्च जोखिममा परेको वडाध्यक्ष बुढाथोकीले बताए।
पहिरोले पाँचखपनका विभिन्न स्थान जाने सडकमा समेत क्षति पुर्याएको उनको भनाइ छ। पहिरोले क्षति पुर्याएको विभिन्न स्थानमा प्रहरी र स्थानीयले विवरण संकलन गरिरहेको वडाध्यक्ष टेकबहादुर बुढाथोकीले जानकारी दिए। पहिरोको उच्च जोखिम भएका १३ घर परिवारलाई सुरक्षित स्थानमा सर्न जाने आग्रह गरिएको उनले बताए। पहिरोले वडा नम्बर १ र ३ को सिमानामा पर्ने ठाडे खोलामा आएको बाढीले कृषकको अलैची बगान समेत बगाएको बताए।
पहिरोका कारण चैनपुर बाह्रबिसे सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ। पाँचखपन-बाह्रबिसे सडकखण्डका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध गरेको उनले बताए।
प्रतिक्रिया