इटहरी । तरुण दलको जिल्ला उपसभापति सन्तोष बिकसहित ४ जनालाई जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको छ । तीन बर्षअघिदेखि ज्यान मार्ने उद्योग मुद्दा खेपिरहेका उनीसहित चार जनालाई दोषी ठहर गरेको हो । सुनसरी जिल्ला अदालतले नरसिंह राई, प्रदिप राई र अनिल रसाइलीलाईसमेत दोषी ठहर गरेको हो । तत्कालिन एमाले धरान उपमहानगर कमिटि सदस्य तथा युवा फाँट इञ्चार्ज दिवस राईलाई विकको समुहले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
बिकसहित ७ जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अदालतले ४ जनालाई दोषी ठहर गरेको हो । कम्तिमा तीन वर्षमाथि कैद हुने सम्भावना छ । दोषी ठहर भएपनि सजाय तोकिन भने बाँकी छ । नयाँ मुलुकी देवानी तथा फौजदारी संहिताअनुसार कसुर ठहर भएपछि न्यायाधिशले सजाय तोक्नेछन् । दिवस राईमाथि २०७३ माघ १६ गते राती धरान १८ स्थित शिवमार्गमा सांघातिक आक्रमण भएको थियो ।
प्रतिक्रिया