सल्यानमा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु



सल्यान ।  मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ। वनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँकी करिब ५५ वर्षीया पिवली माझिको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बिहान  करिब सात बजे आफैँले सञ्चालन गरेको मिलमा खाद्यान्न पिसानी गर्दा माझीको कपडा मिलको फित्तामा अल्झिएर घटना भएको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारका प्रमुख सुशील रावतले जानकारी दिए। माझीको घटना स्थलमै मृत्यु हो। कोही नभएकाले मिलको फित्ताले आधा घण्टाभन्दा बढी माझीलाई घुमाउँदा शव क्षतविक्षत भएको छ।

सम्बन्धित समाचार