पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोल ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला २००/२०० रुपैयाँले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।
नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आइतबार विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।
प्रतिक्रिया