कालिकोटमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बृद्धि



कालिकोट ।  जिल्लामा पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बृद्धि भएको छ। जिल्लाका ९ वटै स्थानीय तहले गोठमा सुत्केरी मुक्त बनाउन विभिन्न अभियान संचालन गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो।

जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी दिपबहादुर रावले पछिल्ला वर्षमा अस्पतालमा सुत्केरी हुने आउने महिलाको संख्यामा वृद्धि भएको बताए। उनका अनुसार जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७४∕०७५ मा ३ सय ५६ जना महिलाहरुले प्रसूति सेव दिएका थिए। आर्थिक वर्ष २०७५∕०७६ मा उक्त संख्या बढेर ४ सय ७७ जनाले प्रसूति सेवा लिएका छन्।

जिल्लाको खाँडाचक्र नगरपालिकाको दाँहाँ र पाखा स्वास्थ्य चौकीमा पनि स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिनेको संख्या बढेको छ। खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालका अनुसार खाँडाचक्र नगरको दाँहा र पाखामा मात्र आर्थिक बर्ष २०७५∕०७६ मा २ सय ५ महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिएका छन्। चालु आर्थिक वर्षको दुई महिनामा ४९ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्।

सम्बन्धित समाचार