वर्षाका कारण सडकमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध



धनकुटा । केही दिनदेखि परेको वर्षाका कारण सडकमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध बनेको छ। कोसी राजमार्गअन्तर्गत सुनसरीको धरान नजिकै निशाने खोलामा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको पहिरोका कारण समस्या भएकाले सडक खुल्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारीसाधन जाममा परेका छन्। सडक माथि थुप्रिएको ढुंगासहितको माटो डिभिजन सडक कार्यालयको स्काइभेटरले पन्छाउन खोजेपनि नसकेर फर्किएको छ। सो ठाउँमा एक तर्फी रूपमा सडक खुलाउने प्रयास भइरहेको सुपरभाइजर अम्विका राईले बताइन्।

त्यसको ठूलो क्षमताको स्काभेटर मगाइएको उनको भनाइ छ। तर, सडक डिभिजन कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि नै बाढी रोकथामको लागि विभिन्न संरचना निर्माण गरेर सतर्कता अपनाएको भएपनि प्रभावकारी काम नभएको यात्रुको गुनासो छ।

सम्बन्धित समाचार