सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ



नवलपरासी । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत् सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौर्यलाई सात हजार रुपैयाँ घुस रकमसहित शुक्रबार पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

भारतबाट घरायसी सामान लिएर फर्कंर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिँदै गर्दा मौर्य पक्राउ परेको उनले बताए ।

चाडपर्वको समयमा भारतबाट घरायसी सामान लिएर फर्कंर्दै गरेका सर्वसाधारणलाई रकम नदिए सामान चलान गर्ने भन्दै मौर्यले धम्काउने गरेको स्थानीयको आरोप छ ।

पक्राउ परेका उनीमाथि आयोगले थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार